Global_Ime

यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित बीस देश, यस्तो छ सङ्क्रमित र मृतकको संख्या


बिजखबर संवाददाता
5 July, 2021 12:50 pm

corona_deathh

काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ३७ लाख ८४ हजार ९६७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ७७ हजार ६० जनाको मृत्यु भएको छ ।

Yamaha

विश्वभर तीन अर्ब १९ करोड २४ लाख ७६ हजार २१६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व २९ करोड ६० लाख ३७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३२ करोड ९५ लाख ८१ हजार ४०० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

ब्राजिलमा नौ करोड ८३ लाख ३० हजार ६२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । बेलायतमा सात करोड ९५ लाख ४३ हजार २३५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ५७ लाख ८१ हजार ४०४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । -सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom