काठमाडौं । चीनको नम्बर १ व्यावसायिक गाडी निर्माता कम्पनी फोटोनले अत्याधुनिक प्रविधिसहितको नयाँ पिकअप गाडी फोटोन टुनल्यान्ड जी७ नेपालमा सार्वजनिक गर्न लागेको छ। हिमाली भूगोलका लागि विशेष निर्माण गरिएको यो गाडी कम्पनीको प्रविधि र नवप्रवर्तनप्रतिको प्रतिबद्धताको पछिल्लो नमुना हो।
नेपालको जटिल भूगोलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमतायुक्त यस गाडीमा १६० हर्सपावरको इन्जिन र ३९० एनएम टर्क रहेको छ। २२५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स भएको टुनल्यान्ड जी७ अप्ठ्यारा बाटो, उकालो–ओरालो तथा हिमाली क्षेत्रका चुनौतीपूर्ण सडकहरू सहजै पार गर्न सक्षम छ।
गाडीमा हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल जस्ता सुरक्षा प्रविधिहरू समावेश गरिएका छन्, जसले चढाइ वा ओरालोमा सहज नियन्त्रण प्रदान गर्छ। पुस(स्टार्ट इन्जिन बटन प्रयोग गरेर सजिलै गाडी स्टार्ट गर्न सकिन्छ।
आरामदायी यात्रा सुनिश्चित गर्न, टुनल्यान्ड जी७ मा १२।३ इन्चको इन्फिनिटी स्क्रिन, हीटेड र भेन्टिलेटेड सिट, प्यानोरामिक सनरूफ, र स्वचालित एयर कन्डिसनिङ सिस्टम रहेको छ। सिटहरू १२ तरिकाले इलेक्ट्रिक रूपमा एड्जस्ट गर्न मिल्ने छन्, जसले चालक र यात्रु दुवैका लागि उच्चतम आराम प्रदान गर्छ।
फोटोन कम्पनीले अघिल्लो अनुभवहरूमार्फत चीनमै पहिलो अटोनोमस कमर्सियल गाडी सार्वजनिक गर्ने इतिहास बनाएको छ र अब टुनल्यान्ड जी७ मार्फत नेपाली बजारमा नयाँ अध्याय सुरु गर्दैछ।
फोटोन टुनल्यान्ड जी७ केवल बिक्रीका लागि मात्र ल्याइएको गाडी होइन, यो गाडी नेपाली भूगोल, यात्रा प्रवृत्ति र आवश्यकता अनुरूप विशेष डिजाइन गरिएको छ। चाहे तपाईं व्यवसायमा संलग्न हुनुहुन्छ वा विकेन्डमा परिवारसँग हिमाली यात्राको योजना बनाउँदै हुनुहुन्छ, टुनल्यान्ड जी७ तपाईंका ती सबै चाहना पूरा गर्न सक्षम रहेको कम्पनीको दाबी छ।