Logo

भारतमा कोभिड सक्रमितको संख्या दुई करोड नाध्यो, सवा २ लाखको निधन

भारतमा कोभिड सक्रमितको संख्या दुई करोड नाध्यो, सवा २ लाखको निधन



काठमाडौं । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल संख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सक्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको मंगलबार भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

laxmi

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना संक्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ सक्रमितको मृत्यु भएको छ । मङ्गलबार दिउसोसम्ममा सक्रिय सक्रमितको संख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कुल सक्रमितको संख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको सक्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ ।

भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ प्रकारको कोरोना भाइरसको सक्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ ।

अस्पतालमा शै्यया तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने सङ्क्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

१८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् । खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले आज नै खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL