Logo

आईएमई लाइफ र काठमाडौं टेक्निकल स्कुलबीच सम्झौता, बीमित, अभिकर्ता र कर्मचारीलाई स्कुलमा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ र काठमाडौं टेक्निकल स्कुलबीच सम्झौता, बीमित, अभिकर्ता र कर्मचारीलाई स्कुलमा ५० प्रतिशतसम्म छुट



काठमाडौं । आईएमई लाइफ र काठमाडौं टेक्निकल स्कुलबीच सम्झौता भएको छ । कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई काठमाडौ टेक्निकल स्कुलमा सञ्चालन हुने रोजगारमुखी तालिमहरूमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट सुविधा प्रदान गर्नेगरी दुई निकायबीच सम्झौता भएको हो ।

कम्पनी र काठमाडौं टेक्निकल स्कुलबीच हालै सम्पन्न सहमति अनुसार उक्त सुविधा लागू हुने भएको हो। सम्झौताअनुसार तालिममा सहभागी हुने स्कुलका प्रशिक्षार्थीहरूलाई आईएमई लाइफ इन्स्योरेन्सको तर्फबाट तालिम अवधिभरको लागि दुर्घटना बीमा सुरक्षण समेत प्रदान गरिनेछ।

छुट सुविधा प्राप्त गर्न बीमितहरूले आफ्नो मोबाइलमा रहेको प्रिभिलेज कार्ड देखाएर सेवा लिन सक्नेछन्। यस्तै, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरी तालिम शुल्कमा छुट पाउनेछन्।

स्कुलले केयरगिभर, कुकरी तथा बेकरी, बरिस्ता, हाउसकिपिङ, बारटेन्डिङ लगायतका व्यावसायिक तालिमहरू प्रदान गर्दै आएको छ। उक्त सहकार्यमार्फत इन्स्योरेन्स र तालिमबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले मोबाइल एपमार्फत प्रिभिलेज कार्ड प्रणालीलाई प्रयोगमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्