Logo

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार बिहीबारदेखि

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार बिहीबारदेखि



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई चैत ९ गते बिहिबारदेखि एकिकृत कारोबार गर्ने भएका छन् ।

laxmi

यी दुवै कम्पनीको फागुन १२ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो भने बीमा प्राधिकरणले फागुन १८ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।

कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते एकिकृत कारोबारको स्वीकृति दिएकोले संयुक्त मर्जर कमिटिको चैत्र ५ गतेको बैठकले चैत्र ७ गतेबाट एकिकृत कारोवार सुरु गर्ने निर्णय गरेको हो । मर्जपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वर ९हालको रिलायन्स लाइफको केन्द्रीय कार्यालय रहेको स्थान०मा रहने गरि एकिकृत कारोबार हुन लागेको हो । यी दुई कम्पनी १ः१ को अनुपातमा मर्ज भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL