Logo

प्राइम, गुराँस र युनियन लाइफबीच मर्जरको अन्तिम सम्झौता, हिमालयन लाइफका नाममा कारोबार गर्ने

प्राइम, गुराँस र युनियन लाइफबीच मर्जरको अन्तिम सम्झौता, हिमालयन लाइफका नाममा कारोबार गर्ने



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुरांस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सबीच एकआपसमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता सम्पन्न भएको छ । यसअघि सैद्धान्तिक सहमती भई डिडिए टुंगो लगाईसकेका कम्पनीले बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको उपस्थितीमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता गरेका हुन् ।

laxmi

प्राइम लाइफ इन्स्योरेन्स, गुरांस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको १ : १ : १ सेयर अनुपात कायम गरिएको छ ।
मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ । मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ ।

कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरि कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापन सम्बन्धि कार्यलाई अघि बढाउने र समग्रमा एकिकृत कारोबार यथाशक्य छिटो शुरु गर्ने समेत सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL