Logo

सूर्या लाइफद्वारा मृत्यु दावी भुक्तानी, थापाका परिवारले पाए २० लाख बढी रकम

सूर्या लाइफद्वारा मृत्यु दावी भुक्तानी, थापाका परिवारले पाए २० लाख बढी रकम



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयले एक कार्यक्रमको आयोजना गरी पाख्रीबास नगरपालिका वडा नं ७ का मृतक बीमित कृष्णबहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको हो ।

बीमित थापाले १० लाख रुपैयाँ बीमाङ्कको बीमालिएको ६ महिना नबित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क बापतको १० लाख रुपैयाँ, दुर्घटना सुविधा बापत १० लाख रुपैयाँ र बोनस बापत ४८,००० रुपैयाँ थप गरी एकमुष्ठ २० लाख ४८ हजार रुपैयाँ बीमितले इच्छाएको व्यक्ति गंगाथापालाई हस्तान्तरण गरेको बीमा कम्पनीले जनाएको छ ।

स्व। बीमितको परिवारलाई सूर्या लाइफइन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल मार्फत कम्पनी सचिव भरत के।सी।, दावी बिभाग प्रमुख राजु राजचल र दावी विभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा चेक हस्तान्तरण गरेको कप्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL