Logo

फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाई नदिन सर्वोच्चको आदेश

फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाई नदिन सर्वोच्चको आदेश


बिजखबर संवाददाता
27
Shares

सर्वोच्च अदालतले काठमाण्डौ–तराई–मधेश जोड्ने फास्ट ट्रयाक निर्माणको सम्झौता तयारी रोक्न अन्तरकालिन आदेश दिएको छ । सरकारले उक्त आयोजनाको जिम्मा भारतीय कम्पनी आइएल एन्ड एफएसलाई दिने तयारी गररहेको बेला सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले कात्तिक ११ गतेसम्म यस विषयमा केही पनि नगन आदेश दिएको हो ।

यस विषयमा उठेका प्रश्नहरु विचारणीय भएको भन्दै सर्वोच्चले लगानी स्रोत, नेपालले गर्ने लगानी, पाउन राजस्व तथा परियोजना अहिले कुन अवस्थामा छ त्यसको पूर्ण विवरण माग गरेको छ । उक्त विवरण आएपछि मात्र अन्तरिम आदेश गर्ने वा नगर्नेबारे बहुस हुने बताएको छ । सर्वोच्चले दुबै पक्षलाई बहसका लागि ११ गते बोलाइएको छ ।

भारतीय कम्पनी आईएल एण्ड एफएसलाई ठेक्का दिने तयारी रोक्न माग गर्दै अधिवक्ता भाइराजा राई र पूर्णबहादुर खड्काले बुधबार मात्र सर्वोच्चमा रिट दायर गरेका थिए ।

यस अघि पनि व्यवस्थापिकाको अर्थ समितिले काठमाण्डौ–तराई–मधेश जोड्ने फास्ट ट्रयाकको निर्माण जिम्मा नेपालीलाई नै दिन सरकारलाई निर्देशन दिएको थियो । समितिको आइतबार बसेकोे बैठकले नेपालले लगानी गर्ने अवस्थामा फाष्ट ट्रयाक निर्माणको काम नेपाल आफैले गर्नुपर्ने निष्कर्ष सहित सो सम्बन्धि व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको थियो ।

यता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधीले फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिन मन्त्रीपरिषद्मा ठाडो प्रस्ताव लगेपछि सरकराले पनि पुनरावलोकन गर्न मन्त्री स्तरिय छुट्टै कार्यदल बनाएको छ । उक्त कार्यदलले भारतीय कम्पनीले पेश गरेको प्रस्ताव ठिक छ वा छैन, त्यसको लागत, सम्झौताजस्ता विषयको अध्ययन गर्ने भएको छ । जसमा उपप्रधान तथा गृह मन्त्री वामदेव गौतम, अर्थ मन्त्री डा. रामशरण महत र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधी रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL