Logo

पुष्पलाल लोकमार्गमा १० आधुनिक शहर निर्माणले पायो तीव्रता, हरेक नदी किनारमा करिडोर

पुष्पलाल लोकमार्गमा १० आधुनिक शहर निर्माणले पायो तीव्रता, हरेक नदी किनारमा करिडोर



काठामाडौं । पुष्पलाल लोकमार्गमा १० आधुनिक शहर निर्माणले तीव्रता पाएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लोकमार्ग अन्तरगतको विभिन्न १० स्थानमा आधुनिक शहर निर्माणको कामलाई तीव्रता दिइएको बताएका हुन् ।

laxmi

विश्व शहरीकरण दिवसका सन्दर्भमा आज पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत विभिन्न १० स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक र व्यवस्थित शहरीकरण जनताको समृद्धिको सपनासँग जोडिएको विषय भएकाले प्राथमिकता दिइएको बताए ।

राजधानी उपत्यकालाई आधुनिक शहरीकरणसँगै संस्कृति र सभ्यताको सुन्दर बहर बनाउन मन्त्रालयले गुरुयोजना बनाएको बताउँदै मानन्धरले नदी किनार भएर करिडोर निर्माणलाई पनि गति दिइने जानकारी दिए । सुन्दर शहरका लागि फोहर व्यवस्थापन पहिलो शर्त भएको बताउँदै उनले पचासौँ वर्षका लागि योजनासहित बञ्चरेडाँडामा ल्याण्डफिल्ड सञ्चालनमा आउन लागेको जानकारी समेत दिए /रासस

प्रतिक्रिया दिनुहोस्
MBL