Logo

रेलवे कम्पनीले माग्यो कर्मचारी, स्नातकदेखि सामान्य लेखपढ गर्न सक्नेलाई अवसर

रेलवे कम्पनीले माग्यो कर्मचारी, स्नातकदेखि सामान्य लेखपढ गर्न सक्नेलाई अवसर



काठमाडौं । नेपाल रेलवे कम्पनीले विभिन्न २९ वटा पदको लागि कर्मचारी माग गरेको छ । जनकपुर–जयनगर रेल सञ्चालनको लागि कम्पनीले विभिन्न २९ वटा पदको लागि १ सय २९ जना कर्मचारी माग गरेको हो ।

laxmi

कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरु परिपूर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ । स्नातकदेखि सामान्य लेखपढ गरेकाहरुको लागि समेत विज्ञापन आह्वान गरिएको छ । अधिकृत तृतीय स्तरको प्रशासन शाखाको लागि एकजना शाखा अधिकृतको माग गरेको छ ।

रेल विभागअन्तरगतको सो कम्पनीले कानून अधिकृत १ जना, स्टेशन मास्टरमा ३ जनाको माग गरेको छ । त्यस्तै सब इन्जिनियर, सहायक स्टेशन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट क्लेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदमा विज्ञापन आह्वान गरिएको छ ।

आवेदक असोज १२ गते भित्र रेल्वे कम्पनीको वेबसाईटमार्फत विभिन्न विज्ञापनमा अनलाईन दर्खास्त भर्न सक्ने जनाएको छ । अधिकृतको लागि १ हजार रुपैयाँ, सहायक स्तरको लागि ४ सय रुपैयाँ र श्रेणी विहीन स्तरको लागि ३ सय रुपैयाँ दस्तुर तोकीएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL