Logo

 लामिछाने भन्छन्  दक्ष जनशक्ती अभावले पुर्वाधार विकासमा समस्या

 लामिछाने भन्छन्  दक्ष जनशक्ती अभावले पुर्वाधार विकासमा समस्या


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ कात्तिक काठमाडौं । जनशक्ति अभावका कारण नेपालको पुर्वाधार विकासले गति लिन नसकेको नेपाल निर्माण व्यासायी महासंघका अध्यक्ष जयराम लामिछानेले बताएका छन् । काठमाडौंमा जारी नेपाल पुर्वाधार विकास सम्मेलनमा बोल्दै उनले नेपालका हजारौं युवाहरु कामको खोजिमा विदेश गैरहँदा नेपालमा भने विदेशबाट महँगो ज्याला तिरेर कामदार ल्याउनु परेको  गुनासो गरे । ‘नेपालमा इन्जिनियर  लगायत दक्ष कामदारको अभाव छ तर हाम्रो देशका इन्जिनियर यँहा काम पाइएन भनेर मलेसिया कतार धाइरहेका छन् ‘ लामिछानेले भने,’ अब सरकारले   समयमै उचित कदम नचालेमा नेपालमा निर्माण व्यासायका काम ठप्प हुनेछन्।’

हरेक कामका लागि नीति बन्ने तर कार्यान्वयन नहुदा नेपालको पुर्वाधार विकासका समस्या आएको लामिछनेको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले लामो समयको अन्तरालपछि नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता आकर्षित भएको बताए । उनले अब बन्ने संबिधानमा लगानीकर्तालाई बिशेष प्राथमिकतामा राख्न लागिएको समेत जानकारी दिए । त्यस्तै पुर्व उर्जा मन्त्री गोकर्ण बिष्टले नेपालका हरेक क्षेत्रमा प्रणालीगत सुधार  जरुरी रहेको बताए । आफु उर्जा मन्त्री हुँदा बिजुली महशुल नतिर्ने  सिहंदरवार र मन्त्री निवासको लाइन काटेको स्मरण गर्दै सानो कुराको सुधारले विकासमा ठुलो उपलब्धी हुँने  उनले स्पष्ट पारे ।

यसैगरि पुर्व अर्थ मन्त्री शंकर प्रसाद कोइरालाले नेपालमा उत्पादित दक्ष जनशक्ति नेपालमै परिचालित गर्नुपर्ने बिचार व्यक्त गरे ।  अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंकले पनि नेपालमा लगानी गर्न उत्साह देखाएकोले नेपालको  लगानी क्षेत्रमा थुप्रै अवसर पैदा भएको  कोइरालाको भनाइ थियो ।

दुइ दिनसम्म सञ्चालन भएको उक्त सम्मेलनले नेपालको पुर्वाधार  क्षेत्रमा लगानीको वातावरण बन्ने व्यासायीहरुले बताएका छन् । कार्यक्रममा  नेपाल सहित ३५ देशका लगानीकर्ता विज्ञहरुको सहभागिता रहेको आयोजक नेपाल उद्धोग परिसंघ (सीएनआइ) ले जनाएको छ ।

 

 

काठमाडौमा जारी नेपाल पुर्वाधार सम्मेलनमा बिकासमा देखा परेका समस्याका बारेका गम्भिर छलफल भएको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL