Logo

चक्रपथ विस्तारका लागि २१ सय रुख काटियो, बसपार्कदेखि गोपीकृष्णसम्मको विद्युतलाईन अण्डरग्राउण्ड गरिने

चक्रपथ विस्तारका लागि २१ सय रुख काटियो, बसपार्कदेखि गोपीकृष्णसम्मको विद्युतलाईन अण्डरग्राउण्ड गरिने



काठमाडौं । दोश्रो चरणको चक्रपथ विस्तारका लागि रुख कटानको काम सम्पन्न भएको छ । चक्रपथ विस्तार आयोजना प्रमुख अमृतमणि रिमालका अनुसार कलंकीदेखि चाबहिल गोपीकृष्ण सडक खण्डको कुल ११ दशमलब ६ किलोमिटर भित्र पर्ने २१ सय ओटा रुख कटान गरिएको हो ।

आयोजनाले बैशाखबाट काम सुरु गर्नेगरि उक्त क्षेत्रमा हाल साईट क्लियरको काम तीब्र रुपमा गरिरहेको छ । आयोजनाले कलंकीदेखी नयाँ बसपार्क बालाजुसम्मका ५ सय ओटा विजुलीको पोलसमेत स्थान्तरण गरिसकेको छ । आयोजना प्रमुख रिमालका अनुसार नयाँ बसपार्कदेखि गोपीकृष्णको ढोलीखोलासम्मको विद्युतलाईन भने अण्डरग्राउण्ड गर्ने तयारी भईरहेको छ ।

उक्त क्षेत्रमा सडक विस्तारका लागि सरकारले जग्गा मुआब्जाको लागिसमेत बाटो खुला गरिसकेको छ । सो क्षेत्रमा पर्ने घरहरुका लागि मुआब्जा मात्रै करिब २ अर्ब रुपैयाँ लाग्ने रिमालले बताए । कलंकीदेखि चाबहिल गोपीकृष्ण सडक खण्डको कुल ११ दशमलब ६ किलोमिटर सडक बिस्तारको लागि सडक सीमाको दाँयाबाँया ३१/३१ मिटर जग्गा अधिग्रहण गने निणर्य सरकारले पुस १४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरिसकेको छ ।

जसअनुसार चक्रपथ विस्तार आयोजनाले ६ हजार ९ सय ४४ स्क्वायर मिटर जग्गा अधिग्रहण गर्ने र जग्गाको मुआब्जाको लागि करिब २ अर्ब रुपैयाँ लाग्ने छ । सरकारले जग्गा अधिग्रहण गर्न दिएको स्वीकृतिसँगै जग्गा अधिग्रहणको लागि सहज भएको आयोजनाले जानकारी दिएको छ ।

आयोजना प्रमुख रिमालका अनुसार सो क्षेत्रको बसपार्कदेखि गोपीकृणसम्मको काम केही ढिला भए पनि कलंकीदेखी बसपार्कसम्मको काम भने छिट्टै सुरु गर्ने तयारी छ । तर, चिनियाँ ठेकेदार कम्पनीले डिजाईन नदिएकै कारण साईट क्लियरिङको काम सम्पन्न हुन लागे पनि तत्काल काम सुरु गर्न नसकिने आयोजना प्रमुखको भनाई छ । चिनियाँ ठेकेदारले छिट्टै डिजाईनको काम दियो भने तोकेको समयभन्दा अगाडिनै सो क्षेत्रको काम सुरु गर्ने तयारीमा आफुहरु रहेको रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL