Logo

नेपाललाई विकसित राष्ट्रको रुपमा हेर्ने भारतको इच्छा, शतप्रतिशत सहयोग गर्ने आश्वसन

नेपाललाई विकसित राष्ट्रको रुपमा हेर्ने भारतको इच्छा, शतप्रतिशत सहयोग गर्ने आश्वसन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ कात्तिक, काठमाडौं । भारतीय सडक पारवहन तथा राजमार्गमन्त्री नितिन जयराम गडकरीले भारतले नेपाललाई विकसित राष्ट्रको रुपमा हेर्न चाहेको बताएका छन् । काठमाडौंमा मंगलवारदेखि शुरु भएको नेपाल पूर्वाधार सम्मेलन – २०१४ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदि र सिंगो भारत नेपाललाई विश्वको विकसित मुलुकको रुपमा हेर्न चाहन्छौं’ उनले भने, ‘यसका लागि भारत शतप्रतिशत सहयोग गर्न तयार रहेको छ ।’  उनले नेपालाई पँुजी, प्रविधि तथा अनुभव दिन तयार रहेको समेत बताए । नेपालसँग सहकार्य गर्न सधै तयार रहेको भन्दै उनले नेपालको विकास भारतको चाहना भएको बताए ।

मन्त्री गडकरीले नविनतम सोच र उद्यमशीलता विकास र विश्वको भविष्य भएको बताए । त्यस्तै, राजनीतिक दलका नेतालाई ‘करेक्ट इकोनोमिक एप्रोच’ बनाउन समेत सुझाव दिए ।

Bizkhabar _ Infrastrcture (1)

सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वाधार विकासका लागि पूँजी भन्दा ‘इच्छा शक्ति’ महत्वपूर्ण भएको बताए । स्थानीयस्तरमा पँुजी जुटाई ठूला ठूला परियोजना निर्माण गर्न सकिने भारतको अनुभवलाई आत्मसाथ गर्न समेत सुझाव दिए । भारत, चीन, लिवियालगायत मुलुकले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट ठूला ठूला पूर्वाधार विकास गरेको सुनाउँदै उनले नेपालले पनि सडक, रेलवेयलगायत पूर्वाधार विकासका लागि पीपीपी मोडल नै अङ्गाल्न सुझाव दिए ।

Bizkhabar _ Infrastrcture (2)

सोही अवसरमा प्रधानमन्त्री सुशिल कोइरालाले पूर्वाधारमा लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरे । राजनीतिक अस्थिरता र पर्याप्त पूर्वाधार अभाव अहिलेको अर्थतन्त्रको मुख्य समस्या र चुनौती भएको उल्लेख गर्दै उनले त्यसको समाधानमा सरकार कटिबद्ध रहेको समेत बताए । वर्तमान सरकार पूर्वाधार विकासका लागि आवश्यक सवै किसिमको कानुन तथा नीति निर्माण र वातावरण सिर्जना गर्न तयार रहेको बताउँदै उनले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । नेपालले विकासशिल मुलुकमा जाने लक्ष्य लिएको र त्यसका लागि ठूलो लगानीको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री कोइरालाले निजी क्षेत्रलाई लगानीका लागि आह्वान समेत गरे । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताए ।

उक्त अवसरमा नेपाल उद्योग परिसंघका प्रेसिडेण्ट इमिरेट्स तथा वरिष्ठ उद्योगी विनोद चौधरीले दुई मुलुकबीच सरकार–सरकारबीचमात्रै नभई सरकार–निजीक्षेत्रबीच समेत सहकार्य हुनुपर्नेमा जोड दिए । त्यस्तै, उनले कर्णाली, महाकालीलगायत ठूला जलविद्युत आयोजना, द्रुत मार्ग र रेलवेमा भारत, चीन, जापानलगायत मुलुकबाट पँुजी, प्रविधि तथा अनुभव लिनुपर्नेमा समेत जोड दिए । परिसंघका उपाध्यक्ष हरिभक्त शर्माले आम नेपालीकोरुपमा नेपाल–भारत तथा नेपाल–चीन रेलवे सञ्चालन भएको हेर्ने सपना सुनाए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL