Logo

कोटेश्वर–जडिबुटी सडक खण्ड विस्तारका लागि जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषदको स्वीकृति, सडकमा पर्ने घर भत्काइने

कोटेश्वर–जडिबुटी सडक खण्ड विस्तारका लागि जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषदको स्वीकृति, सडकमा पर्ने घर भत्काइने



काठमाडौं । अरनिको राजमार्ग अन्तरगत कोटेश्वर–जडिबुटी सडक खण्ड विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषदले स्वीकृति दिएको छ ।

सरकारका प्रवक्ता तथा संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार नियमित पत्रकार भेटमा कोटेश्वर जडिबुटी सडक खण्ड विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको बताए ।

सरकारले उक्त सडक खण्डको राईट अफ वे भित्र पर्ने ५ ख को कित्ता नम्बर १६९ को क्षेत्रफल ६ आना १ पैसा जग्गामा बनेको घर भत्काउन तथा अधिग्रहण गर्न मन्त्रिपरिषद्को निर्णय भएको जानकारी दिएका हुन ।

त्यसतै हुलाकी सडक आयोजना विरगञ्ज कार्यालय अन्तरगत तामागढी, सिम्रनगढ सडक विस्तार तथा स्तरोन्नतीका लागि समेत आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ ।

साथै मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै मन्त्री बासकोटाले लामोसाँघु जिरी सडक खण्डको सुनकोशी पुल निर्माण क्षेत्र भित्र पर्ने जग्गा समेत अधिग्रहण गर्न स्वीकृति दिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL