Logo

विराटनगरमा लजिस्टिक पार्क बन्ने, सिजी लजिस्टिक र लगानी बोर्डबीच अध्ययनका लागि सम्झौता

विराटनगरमा लजिस्टिक पार्क बन्ने, सिजी लजिस्टिक र लगानी बोर्डबीच अध्ययनका लागि सम्झौता



काठमाडौं । लगानी बोर्डले विराटनगरमा मल्टीमोडल लजिस्टिकपार्क निर्माणको विस्तृत सम्भाव्यता अध्ययनका लागि सिजी लजिस्टिक र सर्राफ ग्रुपसँग समझदारी पत्रमा हस्ताक्षर (एमओयु) गरेको छ ।

laxmi

आईतबार एक कार्यक्रमका बीच लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र सिजी लजिस्टिकका निर्देशक निर्वाण चौधरीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौतापश्चात अब नेपालमा निजी कम्पनीले पनि व्यापार लजिस्टिक सुविधा सहज रुपमा दिन सक्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै उक्त सम्झौता कार्यक्रममा बोल्दै नेपालका लागि संयुक्त अरव ईमिरेट्सका राजदुत साईद हामदान अल्नाक्बीले उक्त सम्झौताले लजिस्टिक सेवामा नेपालले पनि विश्वस्तरिय सुविधाको अनुभव लिन पाउने बताएका छन ।

यस्तै ग्यालेक्सी टर्मिनलका निर्देशक सलाह सर्राफले नेपालको लजिस्टिक सेक्टरमा धेरै सम्भावना रहेको बताए । सिजी लजिस्टिकका निर्देशक निर्वाण चौधरीले लजिस्टिक पार्क निर्माण समयमै सम्पन्न गर्न कुनै कसुर बाँकी नराख्ने बताएका छन ।

लगानी बोर्डले सरकारलाई आर्थिक दायित्व नपर्ने गरी गत साउनमा मल्टीमोडल लजिस्टिक पार्कको अध्ययन गर्न सिजी लजिस्टिकलाई दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL