Logo

१२ अर्ब भित्र्याउन लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच सम्झौता, नेपालमै चार पाङ्ग्रे गाडी बन्ने

१२ अर्ब भित्र्याउन लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच सम्झौता, नेपालमै चार पाङ्ग्रे गाडी बन्ने



काठमाडौं । अब नेपालमै ४ पांग्रे सवरीसाधन उत्पादन हुने भएको छ । नेपालमै ४ पांग्रे सवरीसाधन उत्पादन र एसेम्बल गर्नका लागि लगानी बोर्ड नेपालले कोरियाली कम्पनी मोट्रेक्स सँग सम्झौता गरेको हो ।

laxmi

बोर्डले बुधबार एक कार्यक्रमका बीच उक्त कम्पनीसँग हालको नेपाली रुपैयाँ करिव १२ अर्ब अर्थात ११ अर्ब ८८ करोड ३९ लाख रुपैयाँ बराबरको परियोजना लगानी सम्झौता (पिआईए) गरेको हो । कम्पनीले नेपालमा ४ पांग्रे सवारीसाधनको एसेम्बल प्लान्ट निर्माण गरेर सवारीसाधन एसेम्बल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL