Logo

सिंहदरबारको प्रबलीकरण ७० प्रतिशत सम्पन्न, पश्चिम मोहडाको ठेक्का पार्वती–न्यू टेक्निकल जेभीलाई

सिंहदरबारको प्रबलीकरण ७० प्रतिशत सम्पन्न, पश्चिम मोहडाको ठेक्का पार्वती–न्यू टेक्निकल जेभीलाई



काठमाडौं । २०७२ को भूकम्पबाट क्षति भएको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु भएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातात्विक महत्व र पहिचान कायम हुने गरी सिंहदरबारको प्रबलीकरण सुरु गरेको जानकारी दिएका छन ।

केही सम्पदाविद्ले सम्पदाका रुपमा मात्र भए पनि सिंहदरबारलाई प्रबलीकरण गरेर जोगाउन सुझाव दिएका थिए । हामीले त्यो भन्दा अघि बढेर राज्यका महत्वपूर्ण कार्यक्रममा समेत प्रयोग हुने गरी बलियो र सुरक्षित प्रबलीकरण गर्दैछौं, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने । जस्को तयारीले गर्दा पश्चिम मोहडाको प्रबलीकरण सुरु गर्न केही बढी समय लागेको हो ।

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि प्राधिकरण अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच एकहप्ता अघि ठेक्का सम्झौता भएको थियो । जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको प्राधिकरणले जानकारी दिएको छ ।

सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको १५ महिनादेखि प्रबलीकरण जारी छ । निर्माण व्यवसायीका अनुसार उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य भने सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL