Logo

यसरी बन्दै छ विश्वकै ठूलो विमानस्थल, बार्षिक १० करोड यात्रु उडान क्षमता

यसरी बन्दै छ विश्वकै ठूलो विमानस्थल, बार्षिक १० करोड यात्रु उडान क्षमता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बेइजिङमा निर्माणाधिन विमानस्थल विश्वकै ठूलो विमानस्थल हुने छ । उत्तरको दक्सिङ जिल्लामा निर्माणाधिन विश्वकै ठूलो विमानस्थल सन् २०१९ सम्म पुरा हुने छ ।

जसले चीनको हवाई मागको आवश्यकता पुरा गर्नुका साथै देशमा नागरिक उड्डयनको सहभागिता बढाउने छ । चीनको नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिशनका अनुसार सो निर्माणाधिन विमानस्थल चाइना साउथन तथा चाइना इष्टर्न एयरलाइन्सको नयाँ आधार बन्ने छ ।
यसले स्काई टिम एलायन्सका सदस्यहरुलाई एउटै छानामुनी राख्नुका साथै यात्रुहरुले सहजै उडान अनुमती पाउने छन् ।

स्वर्गीय जहा हडिडले डिजाइन गरेको बेइिजिङ विमानस्थलको टर्मिनल विल्डिङमा सिभिक गार्डेन तथा अन्तरराष्ट्रिय तथा आन्तरिक उडानका लागि छुट्टै यात्रु प्रतिक्षालय रहने छन् ।

विमानस्थलको टर्मिनल डिजाइनमा नयाँपन छ । ७ लाख स्क्वायर मिटरको टर्मिनलमा ‘सेन्ट्रल हब वीथ सिक्स कर्भड स्पाइक वाकवे’ छ जसले टर्मिनलसम्मको पहुँच सहज हुन्छ ।

विमानस्थलको उद्दघाटनको शुरुमा ४ ओटा रनवे सञ्चालन गरिने छ । थप दुई रनवे बनाएपछी १० करोड यात्रु बार्षिक रुपमा उडान गर्न सक्ने छ ।

विमानस्थल पुग्नका लागि हाइ स्पिड रेलवे स्टेशनको निर्माण कार्य अघि बढीरहेको छ । यो नयाँ विमानस्थलले विश्वकै दोश्रो व्यस्त विमानस्थल बेइजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टको यात्रा समय घटाउन मद्दत गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL