Logo

५ ठेकेदार कम्पनी कालोसूचीमा, गरेनन् सर्तअनुसार काम

५ ठेकेदार कम्पनी कालोसूचीमा, गरेनन् सर्तअनुसार काम



काठमाडौं । सरकारले विभिन्न ५ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै ५ कम्पनीलाई १ देखि ३ बर्षसम्मका लागि कालोसूचीमा राखेको हो । जसमध्ये कार्यालयले एउटालाई तीन वर्षसम्मका लागि, अर्काे एउटालाई २ वर्षसम्मका लागि र अन्य तीन कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

laxmi

जसमध्ये भारत कन्स्ट्रक्सन मैनाचुलीरसिद्धिसाई जेभी पुतलीसडकलाइ तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । यस्तै यसैगरी मैनाचुली/सिद्धिसाई जेभी नयाँबानेश्वरलाई दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । शेर्पा/हेना/सुनामी जेभी विदुर–७ नुवाकोट एक वर्षसम्म कालोसूचीमा परेको छ । शेर्पा कन्स्ट्रक्सनको मुख्य व्यक्ति फुर्तेम्बा शेर्पा, हेना कन्स्ट्रक्सनका मुख्य व्यक्ति गणेशबहादुर बस्नेत र सुनामी कन्स्ट्रक्सनको मुख्य व्यक्ति पोष्टबहादुर बोगटी छन् ।

यसैगरी विक्रम तामाङ मुख्य व्यक्ति रहेको कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स र हरिराम बोहरा मुख्य व्यक्ति भएको इजोन निर्माण सेवा पनि एक/एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL