काठमाडौं । काठमाडौं उपत्यकाका ३५ वटा ट्राफिक जक्सनहरुमा इण्टिलिजेन्ट ट्राफिक सिस्टम जडान गरिने भएको छ । बढ्दो ट्राफिक जामलाई न्युनिकरण गर्न उक्त व्यवसथ जडान गर्न लागिएको हो । साथै, उक्त स्थाननमा ट्राफिक व्यवस्थापन केन्द्रको समेत स्थापना गरिने भएको छ ।
नेपालको यातायात क्षेत्र अव्यस्थित र अराजक बन्दै गएको भन्दै त्यसलाई ५ वर्ष भित्र न्युनिकरण गरिने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले जानकारी दिए । ‘यातायात क्षेत्र सवैभन्दा अराजक बन्दै गएको छ,’ उनले भने, ‘यसमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ ।’
यसैगरी विष्णुमति लिङक रोडलाई यथासक्दो छिटो संचालनमा ल्याइने भएको छ । विष्णुमति–बाग्मती करिडोरको १६ किलोमिटर सडकखण्डमा ५ वर्षभित्रै बस ¥यापिड ट्रान्जिट संचालनमा ल्याईने भएको छ ।
सरकारले पैदल यात्रालाई प्रोत्साहन गर्ने गरी उपत्यकाका भित्र १५ किमी पैदल मार्ग निर्माण गर्ने भएको छ । जसमध्ये ७ किमीलाई ऐतिहासिक पैदल सम्पदा मार्गको रुपमा निर्माण गरिने समेत कार्कीले जानकारी दिए ।
आगामी ५ वर्षभित्र देशमा २५ लाख सवारीसाधन हुने र ती सवैको सवारीधनी पूर्जा (व्लुबुक)लाई स्मार्टकार्डमा परिवर्तन गरिने भएको छ । यसैगरी ५ वर्षभित्रमा २५ लाख सवारीचालक अनुमतिपत्रलाई समेत स्मार्टकार्डमा रुपान्तरण गरिने मन्त्रालयले जानकारी दिएको छ । सरकारले हालसम्म २२ लाख लाइेन्स जारी गरेको छ भने १९ लाख सवारीसाधन संचालनमा रहेका छन् ।