Logo

प्रधानमन्त्री भन्छन्, विकास निर्माणमा सवै एकजुट भएर अघि बढौं, देशमा विकासको ढोका खुल्यो

प्रधानमन्त्री भन्छन्, विकास निर्माणमा सवै एकजुट भएर अघि बढौं, देशमा विकासको ढोका खुल्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवादादाता

२६ मंसिर, काठमाडौं । विकास निर्माणका काममा सवै पक्ष एक जुट भएर अघि बढ्नुपर्ने प्रधानमन्त्री सुशिल कोइरालाले बताए । ‘देशमा विकास निर्माणको सम्भावना हुँदाहुँदै पनि अघि बढ्न सकेको छैन,’ नेपाल निर्माण व्यवसायी महासंघको १७ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने, ‘यो देशले भोग्दै आएको द्वगति हो ।’

नेपालमा जलविद्युत् पर्यटन तथा कृषिजस्ता क्षेत्रमा प्रसस्ता सम्भावना रहेको बताउँदै भारतसँग् भएको विद्युत् व्यापार सम्झौता (पीटीए) र प्रोजेक्ट डेभलपमेन्ट एग्रीमेन्ट (पीडीए) सँगै नेपालको जुलविद्युत् क्षेत्र विकासको ढोका खुला भएको जानकारी दिए । बाहिर जेसुकै हल्ला आएपनि समयमै संविधान जारी हुने भन्दै आगामी दिनमा स्वदेशी तथा विदेशी लगानी भित्रने वातावरण बन्ने उनको भनाइ थियो । ‘संविधान निर्माणका लागि सवै पक्ष एक भएर अघि बढेका छन्,’ उनले भने, ‘सानातिना विषयलाई एकआपसमा मिलाएर संविधान जारी गरिनेछ ।’

नेपालको द्वन्द्वकालमा समेत निर्माण व्यवसायीले विकास निर्माणको कामलाई अघि बढाएको बताउँदै आगामी दिनमा अझ द्वुत गतिमा पूर्वाधार विकासको काम हुने उनको भनाइ थियो । ‘देश निर्माणको लागि सवैभन्दा ठूलो प्रतिवद्धता चाहिन्छ,’ उनले भने, ‘यसमा देशभरका निर्माण व्यवसायीहरु एकजुट भएर अघि बढ्नुपर्छ ।’

यसअघि निर्माण व्यवसायीले बनाएका केही पुल तथा भवनहरु निर्माण हुन नपाउँदै हावााहुरीले भत्काएको बताउँदै आगामी दिनमा गुणस्तरमा ध्यान दिन समेत आग्रह गरे ।
यस्तै, आगामी दिनमा व्यवसायीले टेण्डर प्रक्रियामा समेत दुःख भोग्न नपर्ने उनको भनाइ थियो । हाल व्यवसायीले टेण्डर हाल्दा गुण्डागर्दी जस्ता जुन दुःख भोग्नु परेको छ आगामी दिनमा सरकारले त्यसलाई समाधान गर्ने उनले जानकरी दिए । अव मुलुक विकासको गतिमा अघि बढेको जानकारी दिँदै यसलाई कसैले पनि रोक्न नसक्ने उनले बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले पूर्वाधार निर्माण नभइ देश विकास नहुने बताए । चीन तथा अमेरिकाले आर्थिक गति लिनुको मुख्य कारण नै पूर्वाधारको विकास हो । नेपालका निर्माण व्यवसायीहरु पनि सम्पन्न भइसकेको बताउँदै सरकारले पनि उच्च प्राथमिता दिनुपर्ने उनको माग थियो । ‘नेपालका निर्माण व्यवसायीले पूर्वाधार निर्माणका यन्त्रउपकरण मात्र ३ सय अर्व रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन्,’ उनले भने, ‘सरकारले आगामी दिनमा नेपाली व्यवसायीलाई अन्तरराष्ट्रिय स्तरमा समेत काम गर्न सक्ने सहज वातावारण बनाउनुपर्छ ।’

सम्मेलनको मुख्य नारा नै ‘पूर्वाधार निर्माण राष्ट्र निर्माणको आधार, सवै बनौं जिम्मेवार’ रहेको बताउँदै देश विकासमा सवै एक जुन भएर लाग्नु पर्ने उनले बताए । यसैगरी निर्माण व्यवसायीसँग सम्बन्धित खरिद ऐन तथा नियमावलीलाई समयसापेक्ष बनाउनुपर्ने उनको माग छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले सरकारले विकास बजेटमा कम रमक विनियोजन गरेकै कारण देशले पूर्वाधारमा गति लिन नसकेको बताए । आगामी दिनमा सरकारले पूर्वाधार निर्माणमा सवैभन्दा बढी रकम बिनियोजन गर्नुपर्ने उनको माग थियो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधीले भौतिक र राजनीतिक पूर्वाधार निर्माण नभई देश विकास नहुने बताए । अहिले देश दुवै रुपमा कमजोर भएको बताउँदै आगामी दिनमा सवै मिलेर यसलाई मजवुद बनाउनु पर्ने बताए । यसैगरी सिचाई मन्त्री एनपी साउदले निर्माण व्यवसायीले आर्थिक रुपमा मात्र नभइ गुणस्तरियतामा पनि प्रतिस्पर्धा गर्नु पर्ने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL