Logo

नेपाल निर्माण व्यवसायी महासंघमा रवि सिंहको प्यानले ग¥यो उम्मेदवारी घोषणा, १४ बुँदे प्रतिवद्धता सार्वजनिक

नेपाल निर्माण व्यवसायी महासंघमा रवि सिंहको प्यानले ग¥यो उम्मेदवारी घोषणा, १४ बुँदे प्रतिवद्धता सार्वजनिक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ मंसिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा रवि सिंहले उम्मेदवारी घोषणा गरेका छन् । उनले अनामनगरको सडकमै एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेका हुन् । सिंहको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विष्णु भाई श्रेष्ठ र मध्यमाञ्चल क्षेत्रको उपाध्यक्षमा ध्रुव श्रेष्ठ रहेका छन् ।

उम्मेदवारी घोषणासँगै सिंहले आफू महासंघमा विगत १४ वर्षदेखि सक्रिय रहेको बताउँदै केन्द्रिय सदस्य, कोषाध्यक्ष, द्धितिय उपाध्यक्ष हु्ँदै हाल बरिष्ठ उपाध्यक्ष रहेकाले अध्यक्ष पदमा आफु विजय हुने विश्वास व्यक्त गरे । उनले आफ्नो प्यानललाई देशभरका निर्माण व्यवसायीलाई साथ दिन अनुरोध गरेका छन् ।

कार्यक्रममा सिंहले आफुसँग महासंघलाई हाँक्न सक्ने क्षमता भएको दावी गरे । उनले देशभरका निर्माण व्यवसायहरुको संस्थागत विकास गरी पूर्ण उद्योगको रुपमा स्थापित गर्ने बताए । साथै, निर्माण व्यवसायसँग सम्बन्धित सार्वजनिक खरिद ऐन तथा  नियम परिमार्जन, निर्माण व्यवसाय ऐन परिमार्जन गर्न आफु लागिपर्ने बताए ।

राज्यको विकास बजेटको ६० प्रतिशत नेपाली ठूलठूला प्याकेजको रुपमा प्योकेजिङ गरी आफु अनूकुल सिमामा रहेर ठेक्का लिदै आएकोेमा सो बजेटमा देशभरका साना तथा मझौला व्यसायीहरुले काम पाउने गरी बजेटको वर्ग अनुसारको समान वितरण प्रणालीका लागि सरकारसँग जोडदार माग गर्ने लगायतका १४ बुदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL