GBIME

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, चार घण्टापछि एकतर्फी संचालनमा


बिजखबर संवाददाता
10 July, 2021 11:04 am

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा, असार मसान्तसम्ममा सम्पन्न हुने

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ ।

Bajaj
Nabil
Yamaha

पहिरो हटाएर राजमार्ग एकतर्फी सुचारु गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । शुक्रबार र आज वर्षा नभएपनि केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरो खसेको बताइएको छ । ठूला ठूला ढुङ्गा खसेकाले दुईतर्फी राजमार्ग सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।रासस

sarbottam
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom