Logo

बस्तुगत उपाध्यक्षमा पाण्डेको उम्मेदवारी घोषणा, ६७ बस्तुगत संघको समर्थन

बस्तुगत उपाध्यक्षमा पाण्डेको उम्मेदवारी घोषणा, ६७ बस्तुगत संघको समर्थन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको लागि शंकरप्रसाद पाण्डेले बस्तुगत उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले शनिबार एक कार्यक्रमबीच बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

laxmi

१२ वर्षसम्म आफुले महासंघमा दिएको योगदान र अझ शसक्त रुपमा अघि बढाउनका लागि आफुले बस्तुगततर्फका उपाध्यक्ष पदमा उम्मेदावारी दिएको बताए । ‘महासंंघमा तीन कार्यकाल विताउँदा विभिन्न समितिको समाभपति तथा सहसभापति रहेर काम गरेको छु,’ उनले भने, ‘सदस्य हुँदा सुधारका थुप्रै काम अघि बढाएको र त्यसलाई पूर्णता दिन उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।’

महासंघमा सफल नेतृत्वको आवश्यकता रहेको र व्यवसायीका समस्या समाधानका लागि आफु उपाध्यक्ष पदमा उठ्ुनपरेको उनको कथन थियो । ‘हाल निर्यातमा सरकारले दिने इन्सेन्टिभ, भन्सारमा देखिएको समस्याबाट व्यवसायीहरु पिडित भएका छन्,’ उनले भने, ‘त्यस्ता समस्यासँग जुध्न मेरो उम्मेदवारी हो ।’ २०५६ सालदेखि महासंघ अन्तरगत रहेर काम गरेका पाण्डेले पश्मिना उद्योगमा देखिएका समस्या समाधानका लागि थुप्रै काम गरेका छन् भने पश्मिनाको ट्रडमार्क दिलाउनमा पनि उनको योगदान रहेको छ ।

पाण्डेले नेपाल पश्मिना उद्योग संघकोतर्फबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गा थापाले पाण्डेले हरेक क्षेत्रमा सफलतापूर्वक नेतृत्व समालिसकेकाले अब महासंघको बस्तुगततर्फको उपाध्यक्षमा अघि बढाएको जानकारी दिए । ‘हामीले लामो समयको छलफलपछि पाण्डेलाई उपाध्यक्ष पदमा उम्मेदवारी दिन लगाएका हौं,’ उनले भने, ‘पाण्डेलाई ९९ मध्ये ६७ वटा बस्तुगत संघको समर्थन प्राप्त भएको र उनको जीत सुनिश्चित छ ।’

कार्यक्रममा बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले महासंघलाई सफल नेतृत्व र एक ठिक्का बनाएर अघि बढाउन आफुले उम्मेदवारी दिएको बताए । ‘अहिलेको नेतृत्वले पूर्व अध्यक्षहरुलाई उपेक्षा गर्नुका साथै महासंघमा गुटको राजनीति शुरु गरेका छन्,’ उनले भने, ‘त्यसलाई जोगाउन मैले उम्मेदवारी दिएको हुँ ।’ आफुले महासंघका सुधार तथा व्यवसायीक हकहितका १३ वटा एजेन्डा लिएर अघि बढेको समेत उनको दावी थियो ।

उम्मेदवारी घोषणा कार्यक्रममा पूर्व अध्यक्षहरु विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज बैद्य र पूर्व उपध्यक्ष भास्करराज राजकर्णिकारको उपस्थिती थियो । साथै कार्यक्रममा उल्लेख्य मात्रामा बस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL