Logo

बैंक तथा वित्तीय संस्था परिसंघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः गोल्यान



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) मा नयाँ कार्यसमिति चयन भएको छ । सिविफिनको शनिवार सम्पन्न प्रथम वार्षिक साधारणसभाले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

laxmi

उक्त बार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यमिति चयन गरेको हो । सिविफिनले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरेर तीनओटै क्षेत्रलाई समावेश गरेर कार्यसमिति चयन गरेको छ ।

जसमा उपाध्यक्षमा मेगा बैंकका अध्यक्ष भोजबहादूर शाह वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् भने उपाध्यक्षमा राजेश उपाध्ययन चयन भएका छन् । यसैगरी महासचिवमा केशव बहादुर रायमाझी, कोषाध्यक्षमा तुलसीराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली, र सहकोषाध्यक्षमा मनोज कुमार केडीया सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा पृथ्वी बहादुर पाण्डे, तुलसी प्रसाद गौतम, इच्छा राज तामाङ, उपेन्द्र केशरी न्यौपाने, महेन्द्र कुमार गोयल, दशरथ रिसाल र हिरेन्द्रमान प्रधान चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL