Logo

सरकारी नागरिक एप्स सार्वजनिक, सबै सरकारी सेवा एउटै एपमार्फत

सरकारी नागरिक एप्स सार्वजनिक, सबै सरकारी सेवा एउटै एपमार्फत



काठमाडौं । सरकारले शुक्रबार एक कार्यक्रमका बीच नागरिक एप सार्वजनिक गरेको छ । संभव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यसहित आज संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उक्त एप सार्वजनिक गरेका हुन् । शुक्रबार पत्रकार सम्मेलनका आयोजना गर्दै उक्त एप सार्वजनिक गरिएको हो ।

laxmi

पछिल्लो समय सरकारी सेवा विभिन्न माध्यमबाट लिईँदा सेवाग्राहीलाई झन्झट हुनेगरेको भन्दै सरकारले सबै सेवालाई समेट्ने गरी उक्त सार्वजनिक गरेको हो । डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्नेगरी अब सबै नागरिकहरुले उक्त एपबाट नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउन सक्नेछन् ।
उक्त एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर प्राप्त गर्न सकिने भएको छ ।

यस्तै हाल एपमार्फत नागरिकहरुले आफ्नो शैक्षिक विवरण, नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिकता, राहदानी, मतदाता परिचयपत्र लगाएत सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL