Logo

नेपाललाई इन्धन बेच्न सहमत भएसँगै भारतसँग छलफल गर्दै चीन

नेपाललाई इन्धन बेच्न सहमत भएसँगै भारतसँग छलफल गर्दै चीन


बिजखबर संवाददाता
54
Shares

चीनले नेपालमा पेट्रोलियम पदार्थ निर्यात गर्नेबारे एक प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेपछि नेपालको राजनितीक स्थिरताका लागि भारतसँग पनि मित्रवत छलफल गर्ने बताएको छ । तराईमा विद्यमान अशान्ति र त्यसैलाई कारण देखाएर भारतले गरेको नाकाबन्दीका कारण नेपाल संकटमा परेका बेला चीनको यस्तो धारणा आएको हो ।

‘भारत र नेपाल दुबै चीनका मित्रवत् छिमेकी हुन्’ चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु काङलाई उद्धृत गर्दै भारतको राष्ट्रिय समाचार संस्था ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पिटिआई) लेखेको छ, ‘मुलुकहरुबीचको आपसी सम्बन्ध र क्षत्रीय स्थायित्व कायम गर्न सम्बन्धित सबै राष्ट्रहरु एकैठाउँमा बसेर छलफल गर्न सकिन्छ र त्यसबाट सहमतिमा पुग्न सकिन्छ भन्नेमा हामी आशावादी छौं ।’

नेपालमा जारीे राजनीतिक संकटका सम्बन्धमा बेइजिङ र नयाँदिल्लीबीच पर्दापछाडि कुनै किसिमको वार्ता हुँदैछ कि छैन भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा काङले यस्तो बताएका हुन् ।

नेपालले पेट्रोलियम आपूर्तिमा इण्डियन आयल कर्पोरेशनको चार दशक लामो एकाधिकार तोड्दै चीनबाट समेत इन्धन आयात गर्न बुधबार बेइजिङमा द्विपक्षीय समझदारीपत्र हस्ताक्षर गरेको थियो । प्रवक्ता काङले नयाँ संविधान जारी भएपछि देखिएको आन्तरिक समस्याको व्यवस्थापन गर्न नेपाल स्वयम् सक्षम हुने आशा व्यक्त गरेको पनि पीटीआईले लेखेको छ ।

बुधवार बेइजिङमा छोटो प्रेस ब्रिफिपङलाई सम्बोधन गर्र्दै प्रवक्ता काङले नेपालको अनुरोधलाई चीनले सकेसम्म पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । पत्रकारहरुले ‘भारतीय मुलका मधेशीहरुले नयाँ संविधानको विरोध चर्काइरहेको बेलामा चीनले आपूर्ति शुरू गर्छ त ?’ भन्ने प्रश्न गरेपछि काङले यस्तो बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL