Logo

चिनियाँ नागरिक झोंग शानशान बने एसियाको सबैभन्दा धनी व्यक्ति, यसकारण पछि परे मुकेश अम्बानी

चिनियाँ नागरिक झोंग शानशान बने एसियाको सबैभन्दा धनी व्यक्ति, यसकारण पछि परे मुकेश अम्बानी



काठमाडौं । मुकेश अम्बानीलाई पछाडि पार्दै चीनको वाटर किङ भनेर चिनिने उद्योगपति झोंग शानशान एसियाको सबैभन्दा धनी व्यक्ति भएका छन् । वित्तिय पुँजीको क्षेत्रमा चर्चित भारतीय कम्पनी रिलायनस इन्डस्ट्रीज लिमिटेड (आरआइएल)ले सन् २०२० मा ४७ करोड भारुभन्दा बढी सम्पत्ति थपेपनि रिलायन्सका मालिक अम्बानीको एसियाको सबैभन्दा धनी व्यक्तिको ताज जोगिन सकेन ।

laxmi

झोंग शानशानको कुल सम्पत्ति यो वर्ष ७०.९ अबर डलरबाट बढेर ७७.८ अबर डलर पुगेको छ । उनले चीनका सबैभन्दा धनी व्यक्ति ज्याक मा र अलिबाबालाई पनि पछाडि पारेका छन् ।

शानशानले बोत्तलमा पानी बेच्छन् र कोरोनाको खोप बनाउने काममा पनि जुटिरहेका छन् । शानशान एक यस्तो खर्बपति हुन् जसको बारेमा मिडियामा चर्चा कम हुन्छ । उनले आफ्नो जीवनकालमा पत्रकारिता, च्याउ खेती र स्वास्थ्य सेवा जस्ता क्षेत्रमा काम गरेका छन् । झोंगले चिनियाँ प्राविधिकहरुको ए समूहसँग सहकार्य गरेका छन्, जसमा मुकेश अम्बानी र ज्याक मा पनि सहभागी छन् ।

ब्लूमबर्ग बिलियनेयर्स सूचकका अनुसार सन् २०२० मा झोंगको सम्पत्ति बढेर ७७.८ अबर डलर पुगेको छ । एकातिर कोरोना महामारीका कारण संसारभररकै अर्थतन्त्र डामाडोल भइरहेको छ भने अर्कोतिर झोंग शानशानको सम्पत्ति झन् तीव्ररुपमा बढेको देखिएको छ । उनी घाटामा जाने व्यावसायीहरुको हूलमा अपवाद बनेका छन् ।

६६ वर्षीय झोंगलाई चीनमा लोन वुल्फ अर्थात् ऋणी ब्वाँसोको रुपमा पनि चिनिन्छ । अप्रिलमा उनको बेइजिङ वेन्टाई बायोलोजिकल फार्मेसी इन्टरप्राइज कम्पनीबाट खोप विकसित गरियो र केही महिनापछि बोत्तलको पानी बनाउने नोंगफू स्प्रिङ्ग कम्पनी हङकङमा सबैभन्दा लोकप्रियमध्ये एक बन्यो । यसैले संसारभर महामारीको दुश्प्रभाव चलिरहँदा उनको सम्पत्ति भने तीव्ररुपमा बढ्यो ।

अलिबाबाका सहसंस्थापक ज्याक माको सम्पत्तिमा पछिल्लो दुई महिनामा १०१० करोड डलरको गिरावट आएको छ । माको सम्पत्ति अक्टोबरको अन्तिममा ६१०० करोड डलर थियो । तर अब उनको सम्पत्ति घटेर ५०९० करोड डलर भएको छ । उनी ब्लूमबर्गको टप(५०० धनीको सूचिमा २५औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL