Logo

मागको १ चौथाईमात्र पेट्रोलियम वितरण गरिने

मागको १ चौथाईमात्र पेट्रोलियम वितरण गरिने


बिजखबर संवाददाता
27
Shares

सरकारले सार्वजनिक यातायातको लागि मागको १ चौथाइ मात्र तेल वितरण गर्ने भएको छ । यातायात व्यवसायीले नेपाल आयाल निगमसँग दशै तिहारजस्ता चाडवाडमा यात्रुलाई सहज रुपमा ओसारपसार गर्न ७४ लाख ९६ हजार लिटर डिजेल तथा पेट्रोल माग गरेको थियो । तर, निगमले २० लाख लिटर मात्र उपलब्ध गराउन सकिने जवाफ दिएको छ । ‘हामीले ८ दिनसम्म सहज रुपमा सवारीसाधन संचालन गर्न निगम समक्ष उक्त परिमाणमा तेल माग गरेका थियौं,’ महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले भने ।

नेपाल यातायात व्यवसायी महासंघले निगमलाई पत्राचार गर्दै ५० हजार यात्रुवाहक सवारीसाधनका लागि उक्त तेल माग गरेको थियो । महासंघले लामो रुट तथा काठमाडौं उपत्यका भित्र चल्ने सवारीसाधनका लागि उक्त तेल माग गरेका थिए ।

तर, पछिल्लो समय भारतबाट अघिल्ला दिनका केही मात्रा बढी तेल बढी भित्रन थालेकोले अझ बढी उपलब्ध गराउन समिने निगम स्रोतले जानकारी दिएको छ । साथै, निगमले केही समयका लागि विश्वव्यापी रुपमा आशयपत्र माग गरेर पनि तत्कालका लागि पेट्रोलियम पदार्थको संकट हटाउन लागेकाले पनि धेरै समस्या नहुने निगमका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL