Logo

कोरोना संक्रमण : विश्वमा संक्रमितको संख्या ५ करोड ६५ लाख नाघ्यो, अमेरिकामा मात्रै साढे २ लाख बढीले ज्यान गुमाए (अपडेट)

कोरोना संक्रमण : विश्वमा संक्रमितको संख्या ५ करोड ६५ लाख नाघ्यो, अमेरिकामा मात्रै साढे २ लाख बढीले ज्यान गुमाए (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ५ करोड ६५ लाख नाघेको छ भने १३ लाख ५४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

laxmi

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ६५ लाख ५५ हजार ६७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १३ लाख ५४ हजार ५९८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड ९३ लाख ४८ हजार ९२२ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ५६ हजार २५४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड १८ लाख ७३ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७३ हजार ६३२ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ९५६ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३१ हजार ६१८ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५८७ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ४५ हजार ४३९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८९ लाख ५८ हजार १४३ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५९ लाख ४७ हजार ४०३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७५४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ४९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL