Logo

धितोपत्र बोर्डको अध्यक्षमा ३ को नाम सिफारिस, कार्की नियुक्त हुने पक्का

धितोपत्र बोर्डको अध्यक्षमा ३ को नाम सिफारिस, कार्की नियुक्त हुने पक्का


रामराजा श्रेष्ठ
27
Shares

रामराजा श्रेष्ठ

११ असोज, काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा ३ जनाको सिफारिस गरेको छ । बार्डको अध्यक्ष सिफारिस समितिले शनिबार ३ जनाको नाम सिफारिस गरेको हो । जसमा डा. रेवतबहादुर कार्की, निरज गिरी र दण्डपानी पौडेल रहेका छन् ।
स्रोतका अनुसार सिफारिस ३ मध्ये डा. कार्कीलाई नियुक्त गरिने भएको छ । ‘प्रक्रिया अनुसार ३ जनाको नाम सिफारिस गरिएको हो,’ सिफारिस समितिका एक सदस्यले भने, ‘जसमध्ये डा. कार्की नियुक्त हुने पक्का जस्तै छ ।’

अर्थमन्त्रालयले केही समय अघि डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । जसमा अर्थ सचिव सुमनप्रसाद शर्मा र विज्ञको तर्फबाट धितोपत्र बोर्डका पुर्व अध्यक्ष डम्बरप्रसाद उपे्रती रहेका थिए । शनिवार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. रामशरण महत सहितको बैंकठले लामो समयको छलफल पश्चात कार्की सहित ३ जनाको नाम सिफासिर गरिएिको थियो ।

हालका अध्यक्ष बाबुराम श्रेष्ठको असोज २९ गते ४ वर्षे कार्याकाल सकिँदै छ । त्यसपश्चात सरकारले ४ वर्षे कार्याकालको लागि नयाँ अध्यक्ष नियुक्त गर्ने छ । केही समय पछि बस्ने मन्त्रीपरिषद्ले बोर्डको अध्यक्ष नियुक्त गर्ने स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री सुशिल कोइरालासँग डा. कार्कीको सम्बन्ध नजिकको भएकाले पनि उनी अध्यक्ष हुने निश्चित जस्तै भएको एक अघिकारीले जानकारी दिए । सरकारले नियुक्त गर्न लागेको डा. कार्की नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् । नेपाल स्टक एक्सचेञ्जमा पनि प्रमुख भएर काम गरिसकेका छन् भने हाल बोर्डकै विज्ञ संचालक पनि छन् । उनी राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष छन् ।

धितोपत्र बोर्डले थप कर्मचारीका लागि पनि केही समय अघि कर्मचारी माग गरेको थियो । त्यतिवेला सहायकदेखि निर्देशकसम्म गरी २८ जना जना कर्मचारी माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL