Logo

एउटै उद्योगबाट सवै प्रकारका मदिरा उत्पादन गर्न स्वीकृति

एउटै उद्योगबाट सवै प्रकारका मदिरा उत्पादन गर्न स्वीकृति


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

७ असोज, काठमाडौं । आगामी दिनमा एउटै उद्योगले सवै प्रकारका मदिरा उत्पादन गर्न पाउने भएका छन् । औद्योगिक प्रवद्र्धन बोर्ड  बैंठकले उद्योगको क्षमता बृद्धि गरी एउटै उद्योगबाट सवै प्रकारका मदिरा उत्पादन गर्न दिने मापदण्ड स्वीकृत गरेको गरेको हो । यस अघि वियर, वाइन तथा डिस्टीलरीका लागि छुट्टाछुट्टै लाइसेन्स लिनुपर्ने वाध्यता थियो ।

मदिरा उत्पादन सम्बन्धी संशोधित मापदण्ड लागू गर्दैै सो व्यवस्था गरिएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए । ‘पहिलो वियर उत्पादन, वाइन उत्पादन र डिस्टलरी संचालनका लागि छुट्टाछुट्टै लाइसेन्स लिनु पथ्र्यो,’ उनले भने, ‘नर्या मापदण्ड लागू भएपछि एउँटै उद्योगबाट सवै प्रकारमा मदिरा उत्पादन गर्न सकिने छ ।’

एउटै उद्योगबाट सवै प्रकारका मदिरा उत्पादन गर्नका लागि कम्तीमा ४ विगाहा जग्गा चाहिने छ । यस्तै, ब्रुअरी तथा डिस्टीलरी संचालनमा लागि भने ३ विगाहा मात्र भए पुग्ने छ । तर, त्यस्ता लागि प्लाण्ट तथा भवन भने छुट्टाछुट्टै चाहिने न्यौपानेले जानकारी दिए । ‘एउटै लाइसेन्सबाट सवै प्रकारका मदिरा उत्पादन गर्न पाउने भए तर, भवन तथा मेसिन भने छुट्टाछुट्टै चाहिन्छ,’ उनले भने ।

नयाँ मापदण्ड अनुसार व्यवसायीहरु आफ्ना उत्पादनको बजारिकण गर्न विदेशमा समेत जाने पाउने छन् । उद्योग क्षमता तथा उत्पादन बृद्धिका लागि खुला गरिएकाले सोही अनुसार बजारिकणका लागि पनि खुला गरिएको न्यौपानेले जानकारी दिए ।

यता नेपाल मदिरा उत्पादक संघका रवि केसी पनि सरकारले उद्योगीका लागि राम्रो नीति ल्याएका बताउँछन् । ‘वास्तविक व्यवसाय गर्न चाहनेका लागि यो नीति एकदमै राम्रो छ,’ उनले भने, ‘यो नीतिसँगै व्यवसायीलाई काम गर्न सहज हुने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL