Logo

कोरोनाका ६ ‘क्लस्टर’ पहिचान, संक्रमितलाई अस्पताल लानुपर्ने नपर्ने अब पहिल्यै थाहा पाइने

कोरोनाका ६ ‘क्लस्टर’ पहिचान, संक्रमितलाई अस्पताल लानुपर्ने नपर्ने अब पहिल्यै थाहा पाइने



काठमाडौं । एउटा नयाँ अध्ययनले कोरोना संक्रमण (कोभिड–१९)का लक्षणहरू छ वटा फरक ‘क्लस्टर’ का रहने पत्ता लगाएको छ । जसले कुन बिरामीहरू बढी जोखिममा छन् र श्वासप्रश्वासको समर्थन (भेन्टिलेटर) को आवश्यकता छ भनेर अनुमान गर्न मद्दत पुग्ने भएको छ ।

laxmi

अध्ययनको लागि, अनुसन्धानकर्ताहरूले अमेरिका र बेलायतमा १६ सय भन्दा बढी बिरामीहरूको डाटा विश्लेषण गर्न मेसिन लर्निंग एल्गोरिथ्म प्रयोग गरे जसले कोभिड–१९ को उपचारमा सघाउका लागि सकारात्मक संकेत दियो । अनुसन्धानकर्ताहरुले मार्च र अप्रिलमा जोई हेल्थ एपमा नियमित रूपमा उनीहरूको लक्षणहरू लगइन गरेका थिए । अन्वेषकहरूले यसपछि एल्गोरिथ्मको परीक्षण अमेरिका, बेलायत र स्वीडेनमा थप १ हजार ४७ जना बिरामीहरूमा गरे जसले मेमहिनाभर उनीहरूको लक्षणहरू एपमा प्रविष्ट गरे ।

अध्ययनबाट पहिचान गरिएका छ क्लष्टर :

क्लस्टर १ (फ्लुलाइक)– कुनै ज्वरोको लक्षण नहुने (टाउको दुखाइ, गन्ध हराउने, मांसपेशी दुख्ने, खोकी, घाँटी दुखाइ, छाती दुख्ने)
क्लस्टर २ ( फ्लुलाइक)– ज्वरोसहितको लक्षण (टाउको दुख्ने, गन्ध नआउने, खोकी, ज्वरो, घाँटीमा पीडा)
क्लस्टर ३ (ग्यास्ट्रोइन्स्टेन्सनल)–टाउको दुख्ने, गन्ध नआउने, भोक कम हुनु, पखाला, घाँटी दुखाइ, छाती दुख्ने, खोकी छैन
क्लस्टर ४– (गम्भीर स्तर)– टाउको दुख्ने, गन्ध गुमाउने, खोकी, ज्वरो, हर्सनेस, छाती दुख्ने, थकान
क्लस्टर ५–(गहन स्तर)–टाउको दुख्ने, गन्ध नआउने, भोक कम हुने, खांसी, ज्वरो
क्लस्टर ६ (गम्भीर स्तर दोश्रो तह पेट र श्वासप्रश्वास )–टाउको दुख्ने, गन्ध नआउने, भोक हराउने, खोकी, ज्वरो, घाँटी, छाती दुख्ने, थकान, भ्रम, मांसपेशी दुख्ने, सासको कमी, पखाला, पेटको दुखाइ, अति दुखाई

यो अध्ययनबाट लगातार खोकी, ज्वरो र गन्धको कमी तीन प्रमुख लक्षणहरूको रूपमा सामान्य रूपमा सबै संक्रमितहरुमा रहने देखायो । अन्वेषणमा सहभागीहरुबाट प्राप्त तथ्यांकअनुसार मानिसहरूले टाउको दुख्ने, मांसपेशी दुख्ने, थकानसहित बिभिन्न लक्षणहरू अनुभव गर्न सक्दछन् । पखाला, भोक कम हुनु, सास फेर्न गाह्रो हुनु र अधिक पीडासम्मका लक्षणहरुबाट पनि मानिसहरु बीच संक्रमण एकदम फरक हुन्छन भन्ने स्पष्ट भयो र यस्ता लक्षणहरु हल्का फ्लुलाईक लक्षणहरु वा साधारण गम्भीर वा घातसम्म हुने पाइयो ।

अध्ययनबाट अन्वेषकहरूले यो पनि पत्ता लगाए कि कुन क्लस्टरमा बिरामीहरूको लागि भेन्टिलेटर वा पूरक अक्सिजन आवश्यक पर्दछ । अध्ययन लेखकहरूले सुझाव दिएका छन् कि यी परिणामहरू ‘जोखिममा रहेका बिरामीहरूको निगरानी गर्न प्रयोग गर्न सकिन्छ र उनीहरूले आवश्यक पर्ने स्वाभाविक आवश्यकताहरूको पूर्वानुमान गर्न सकिन्छ ।’ उदाहरणका लागि, ‘क्लस्टर ५ वा ६ मा पर्ने बिरामीहरूका लागि ५ दिनभित्र महत्वपूर्ण जोखिमको अवस्था हुनाले अस्पताल भर्ना र श्वासप्रश्वाससम्बन्धी सहायता(भेन्टिलेटर) को आवश्यकता पर्न सक्दछ । यस्ता बिरामीहरुको लागि अस्पतालमा लैजानु उचित हुन्छ ।

अध्ययनका सहलेखक क्लेयर स्टीव्स , किंग्स कलेज लन्डनका क्लिनिकल वरिष्ठ प्राध्यापक , याहू लाइफलाई भन्छन–‘यस अध्ययनले कोभिडले पार्र्न सक्ने विभिन्न असरहरु हेर्न मद्दत गर्दछ । यसले हामीलाई लक्षणहरूबारे सचेत गराउँछ जुन विशेष गरी चिन्ताजनक छन् ।

यस अध्ययनबाट प्राप्त निष्कर्षले शुरुका दिनमा लक्षणहरू निरीक्षण गर्न सकिने र पहिलेभन्दा धेरै गम्भीर रोगको बाटोमा भएकाहरूलाई मद्दत गर्न सकिने वा गम्भीर बिरामी हुनबाट जोगाउन सकिने आशा गरिएको छ ।

भर्चुअल प्राइमरी केयर प्लेटफर्म प्लशकेयरका लिंडा अनेगावाले याहू लाइफलाई भनिन– ‘अध्ययनको नतीजा रोचक छ किनकि अहिलेसम्म हामी प्रायः बिरामीको विशेषताहरुमा केन्द्रित छौं, जसले मानिसलाई गम्भीर रोगको लागि जोखिममा पार्छ । यो अध्ययन रोगका लक्षणहरू र रोगको गम्भीरतासँग सम्बन्धित छ ।’

उनी भन्छिन–‘थप अनुसन्धान आवश्यक भए पनि छ वटा समूहहरूको पहिचानले चिकित्सकहरूले उनीहरूले देखिरहेका जोखिममा रहेका बिरामीहरूलाई सहयोग पुरयाउन सक्दछन् र ती बिरामीहरूबढी प्रभावित हुने सम्भावना भएमा स्रोतहरू छुट्याउन सक्छन् ।’ अनेगावा यो पनि भन्छिन कि कुन क्लस्टरले तपाईको लक्षणसँग मेल खान्छ भनेर पहिचान गर्न सक्षम हुनुले बिरामीहरूलाई उनीहरूको लक्षणहरू उच्च जोखिममा राखिएको खण्डमा उनीहरूलाई पहिले हेरचाह गर्न मद्दत पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL