Logo

मौद्रिक नीति आज सार्वजनिक हुँदै, उद्योगी व्यवसायीको मौद्रिक नीतिप्रति ठूलो आशा

मौद्रिक नीति आज सार्वजनिक हुँदै, उद्योगी व्यवसायीको मौद्रिक नीतिप्रति ठूलो आशा



काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदै छ । बुधबार राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति पारित गरेको हो । समितिले पारित गरिसकेपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने कानूनी व्यवस्था रहेको छ ।

laxmi

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थला परेको अर्थतन्त्रलाई उकास्न बजेटमा राहत कार्यक्रम खासै नआएकोले उद्योगी व्यवसायीले मौद्रिक नीतिप्रति ठूलो आशा गरेका छन् ।

उद्योगी व्यवसायीले पुनरकर्जा कोष वृद्धि गर्ने र त्यसको सीमा बढाउने, कर्जा तिर्न नसकेका ऋणीको लागि व्याज छुट तथा किस्ता र व्याज तिर्ने समय बढाउने लगायतका राहत प्याकेजको अपेक्षा मौद्रिक नीतिसँग गरिएको छ ।

यो मौद्रिक नीति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ल्याउन लागेको पहिलो मौद्रिक नीति पनि हो । जसका कारण यो पटक के कस्ता कार्यक्रम आउने हुन् भनेर धेरैले यसलाई चासोका रुपमा हेरिरहेका छन् ।

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अपेक्षा गरिएभन्दा बढी राहत प्याकेज ल्याउने यसअघि नै घोषणा गरिसकेका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL