Logo

साझाले आजदेखि काठमाडौं उपत्यकामा बस सञ्चालन शुरु गर्यो, यी हुन् बस चल्ने ८ रुट

साझाले आजदेखि काठमाडौं उपत्यकामा बस सञ्चालन शुरु गर्यो, यी हुन् बस चल्ने ८ रुट



काठमाडौं । साझा यातायातले विहिबारदेखि काठमाडौं उपत्यकाको ८ रुटमा बस सञ्चालन शुरु गरेको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै निश्चित मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने सरकारको निर्णयपछि साझाले विहिबारदेखि उपत्यकाको विभिन्न रुटमा २६ वटा बस सञ्चालन गर्ने बताएको छ ।

laxmi

पहिलो चरणमा २६ वटा बस सञ्चालन गर्ने र यात्रुको चाप बढ्दै गए अरू बस पनि थपिने साझा यातायातले जनाएको छ । बसमा सवार गर्ने यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने र सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जनाएको छ ।

साझा बस चल्ने रुट :

१) लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क ।

२) लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बूढानीलकण्ठ ।

३) गोदावरी, लगनखेल हुँदै रत्नपार्क ।

४) लामाटार, लगनखेल हुँदै रत्नपार्क ।

५) लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट ।

६) लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क ।

७) रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु ।

८) रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक

सरकारले गतसाता अहिलेकोको भाडा दरभन्दा ५० प्रतिशत बढी लिएर जिल्लाभित्र सार्बजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीहरुले भने लकडाउन अवधिमा कुनै राहत नदिएको र अहिले व्यवसायी मर्कामा परेकाले उनीहरुका माग सम्बोधन नगरेसम्म यातायात संचालन नगर्ने अडान लिदै आएका छन् । काठमाडौँ उपत्यकामा भने मयूर, सुन्दर यातायातले बस सेवा संचालन गरिसकेका छन् । त्यस्तै बुधबार केहि टेम्पो पनि चलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL