Logo

लकडाउनमा छापियो ५ लाख स्मार्टकार्ड लाईसेन्स, ट्रायल पास भएका सबैले अर्को महिनाभित्रै लाईसेन्स पाउने

लकडाउनमा छापियो ५ लाख स्मार्टकार्ड लाईसेन्स, ट्रायल पास भएका सबैले अर्को महिनाभित्रै लाईसेन्स पाउने



काठमाडौं । यातायात व्यवस्था विभागले कोरोना भाईरसको महामारीले निम्त्याएको लकडाउनमा मात्रै ५ लाख बढी सवारीचालक अनुमतिपत्र ९स्मार्टकार्ड लाईसेन्स० छापेको छ । लकडाउन अघि नै ट्रायल दिएर बसेको ८ लाख सवारीचालकहरुका लागि विभागले उक्त संख्यामा लाईसेन्स प्रिन्ट गरेको हो ।

laxmi

८ लाख सवारीचालकलाई वितरण गर्नेगरी लकडाउन अगावै २ लाख र लकडाउनको अवधिमा ५ लाख गरी ७ लाख बढी लाईसेन्स छपाई गरेर विभिन्न कार्यालयहरुमा वितरणका लागि पठाईसकेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । उनका अनुसार सेवाग्राहीलाई चाँडोभन्दा चाँडो लाईसेन्स पुर्याउने उद्देष्यले लकडाउनको अवधिमा समेत लाईसेन्स छपाईलाई तिव्रता दिईएको थियो ।

विभिन्न सिफ्टमा काम गरेका कारण सजिलै र छोटा समयमै ट्रायल दिएका बसेका सबै सेवाग्राहीलाई छिट्टै लाईसेन्स वितरण गर्न सजिलो हुने महानिर्देशक हमालले जानकारी दिए । पछिल्लो समय लकडाउन भएपछि ट्रायल बन्द भएका कारण पनि थप सेवाग्राही नथपिएपछि ८ लाख जनालाई लाईसेन्स दिन सजिलो भएको उनको भनाई छ । लकडाउन नभएको भए प्रतिदिन हजारौंको संख्यामा ट्रायल पास गर्नेहरुको संख्या बढिरहेको हुन्थ्यो र थप अन्यौलता सिर्जना हुनेथियो ।

विभागले हालसम्म १९ लाखभन्दा बढी स्मार्टलाईसेन्स छापेर वितरण गरिसकेको दावी गरेको छ । २०७२ मंसिरदेखि कागजी लाईसेन्सलाई विस्थापित गर्नेगरी स्मार्टलाईसेन्सको प्रक्रिया थालिएको थियो । त्यसयता बेलाबेलामा लाईसेन्स छपाईमा अन्यौलता रहँदै आएको थियो । ट्रायल दिएको १५ महिनासम्ममा पनि लाईसेन्स नपाईने अवस्था १ बर्षअघिसम्म स्थापित थियो ।

तर, विभागले गत बर्षको भदौमा मास प्रिन्टर खरिद गरी स्मार्ट लाईसेन्सको छपाई सुरु गरेको थियो । सोही अनुसार हालसम्म मास प्रिन्टरमार्फत मात्रै ७ लाख स्मार्टलाईसेन्स छपाई गरिसकेको छ । र ट्रायल दिएका बाँकी १ लाख सेवाग्राहीका लागि आगामी महिनाभित्रै वितरण गर्नेगरी छपाई भईरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL