Logo

पैसा हुने व्यवसायीहरुलाई बैकको ऋण तिर्न महासंघको आग्रह, बैकहरुबाट कुनै गुनासो भए लेखेर पठाउनसमेत आग्रह

पैसा हुने व्यवसायीहरुलाई बैकको ऋण तिर्न महासंघको आग्रह, बैकहरुबाट कुनै गुनासो भए लेखेर पठाउनसमेत आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पैसा तिर्न सक्ने व्यवसायीहरुलाई बैंकहरुसँग लिएको ऋण तिर्न आग्रह गरेको छ । महासंघले आफ्ना सदस्यहरुलाई समेत बैकहरुबाट कुनै गुनासो भए लेखेर पठाउन समेत आग्रह गरेको छ ।

महासंघले मंगलबार एक सूचना जारी गर्दै नेपाल बैंकर्स संघका प्रतिनिधिसँग प्रत्येक महिना बैठक बसी गुनासा उपर छलफल गरी समस्या समाधान निकाल्न कोसिस गर्ने तय भएकाले कर्जाको सम्बन्धमा कुनै गुनासो भए लेखेर पठाउन महासंघका सदस्यहरुलाई आग्रह गरेको छ ।

बैकको ऋण तिर्न सक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन महासंघले अनुरोध गरेको हो । तर, महासंघले नै यस भन्दा अगाडि उद्योगी व्यवसायीहरुले तीन महिनासम्म व्यवसाय बन्द भएकाले बैकको ऋण तिर्न नसक्ने अवस्थामा रहेको दाबी गदै आएको थिए ।

चालु आर्थिक वर्षको अन्तिम समय भइसक्दा पनि बैंकको किस्ता तथा ब्याज तिर्न चाहेर पनि धेरै उद्योगी, व्यापारी तथा व्यवसायी तिर्न सक्ने अवस्थामा छैनन् । त्यसैले महासंघले तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण तथा ब्याजको पूँजीकरण गरी कर्जा तिर्ने समय थप गर्न माग गरिएको सूचनामा उल्लेख गरेको छ ।

तिर्न नसक्नेहरुका लागि भने नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी मौद्रिक नीतिले सम्वोधन गर्ने महासंघले बताएको छ । बैंक र उद्योगी व्यवसायीहरुका बीचमा देखिएका समस्याका विषयमा पनि नियमित छलफल भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL