Logo

वाणिज्य बैंकले गरे कर्मचारी तलवभत्तामा १८ अर्व खर्च, कुन बैंकको कति ?

वाणिज्य बैंकले गरे कर्मचारी तलवभत्तामा १८ अर्व खर्च, कुन बैंकको कति ?


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

२८ भदौं, काठमाडौं । वाणिज्य बैंकले कर्मचारी खर्चमा वार्षिक १७ अर्व ८० करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७१/७२ मा बाणिज्य बैंकहरुले कर्मचारीका लागि मात्र सो रकम खर्च गरेका हुन् । आर्थिक वर्ष २०७१/७२ मा ३० वटा वाणिज्य बैंकले सो रकम आफ्ना मर्कचारीका लागि खर्च गरेको हो ।

गत आवमा सरकारी स्तरका ३ वटा बाणिज्य बैंकले कर्मचारी खर्चमा सवैभन्दा बढी रकम खर्च गरेको छ । ३ वटा सरकारी बैंकले कर्मचारी खर्चमा कुल वाणिज्य बैंकले गरेको खर्च रकमको झण्डै आधा हिस्सा ओगटेको छ । ती बैंकले कर्मचारी खर्चका लागि मात्र ८ अर्व रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ । ३ वटा सरकारी स्तरबाट संचालित बैंकमा सवैभन्दा बढी कर्मचारी खर्च कृषि विकास बैंकको रहेको छ । बैंकले गत आवमा १ अर्व ८७ करोड रुपैयाँ आम्दानी गर्न कर्मचारीका लागि कुल २ अर्व ९६ करोड रुपैयाँ खर्च गरेको थियो ।

यसैगरी, राष्ट्रिय बाणिज्य बैंकले २ अर्व ६७ करोड रुपैयाँ खर्च गरेको छ भने नेपाल बैंकले २ अर्व ४३ रुपैयाँ खर्च गरेको देखिएको छ । गत आवमा वाणिज्य बैंकले कुल ४ अर्व ५० करोड रुपैयाँ आम्दानी गरेको थियो भने नेपाल बैंकले ५२ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो । नेपाल बैंकले कर्मचारी खर्च र पूँजीको तुलनामा एकदमै न्युन आम्दानी गरेको छ ।

कर्मचारीका लागि कम खर्च गर्नेमा प्राइम कमर्शियल बैंक अग्र स्थानमा रहेको छ । उसले गत आवमा ८० करोड रुपैयाँ आम्दानी गर्दा कर्मचारीका लागि १७ करोड १७ लाख रुपैयाँ खर्च गरेको छ । कर्मचारीका लागि कम खर्च गरेर बढी नाफा कमाउने वाणिज्य बैंकमा प्राइम अग्रस्थानमा पर्छ । त्यसैगरी, नविल, नेपाल इण्भेष्टमेण्ट, सानिमा, एभरेष्ट बैंकले पनि कम कर्मचारी खर्चमा बढी नाफा आम्दानी गरेको देखिएको छ ।

कर्मचारीलाई कुन बैंकले कति खर्च गरे ?

bank-staff

प्रतिक्रिया दिनुहोस्
MBL