Logo

लकडाउनबारे निर्णय गर्न साँझ मन्त्रीपरिषद बैठक, प्रधानमन्त्री लकडाउन खुकुलो नबनाउने मुडमा

लकडाउनबारे निर्णय गर्न साँझ मन्त्रीपरिषद बैठक, प्रधानमन्त्री लकडाउन खुकुलो नबनाउने मुडमा



काठमाडौं । लकडाउनबारे निर्णय गर्न साँझ मन्त्रीपरिषद मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । मंगलवार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल हुने स्रोतले जनाएको छ ।

laxmi

यसअघि गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।

नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गइरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको छ ।

लकडाउन जारी गरेको लामो समय भएकाले मोडालिटी परिवर्तन गरि केही खुकुलो बनाउनेबारे छलफल हुनसक्ने स्रोतले जनाएको छ । लकडानको स्वरूप परिवर्तन गर्न आइतबार प्रधानमन्त्रीसहितको उच्चस्तरीय समन्वय समितिको पनि बैठक बसेको थियो । बैठकमा कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले तयार पारेको लकडाउनको पछिल्लो प्रारूपमाथि लामो छलफल भएको थियो ।

सीसीएमसीले लकडाउन खोल्ने पाँच चरणको योजना अघि सारेको छ । असार १ गतेदेखि उद्योगधन्दा, कलकारखाना, अस्पताल, चिकित्सा, राहतका क्षेत्र आंशिक सञ्चालनमा ल्याउने गरी मोडालिटी बनेको छ । त्यस्तै आंशिकरूपमा आन्तरिक उडान पनि सुरु गर्ने कार्ययोजना तय भएको छ ।

आज बस्ने मन्त्रिपरिषद्ले यसैमा आधारित भएर निर्णय गर्ने बताइएको छ । यता प्रधानमन्त्री केपी ओली भने लकडाउन खुकुलो गर्न नहुने अडानमा छन् । जेठ २५ गतेदेखि काठमाडौंसहित देशका प्रमुख सहरमा पसल व्यवसाय खुलेकोमा ओली असन्तुष्ट रहेको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL