Logo

बजेटमा पेट्रोलियम पदार्थको भन्सार शुल्क बढ्यो, महँगिएला अब डिजेल, पेट्रोल र ग्याँस ?

बजेटमा पेट्रोलियम पदार्थको भन्सार शुल्क बढ्यो, महँगिएला अब डिजेल, पेट्रोल र ग्याँस ?



काठमाडौं । सरकारले केही पेट्रोलियम पदार्थको भन्सार शुल्क बढाएको छ। अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् हवाई इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थको भन्सार शुल्कमा सामान्य वृद्धि गरिएको घोषणा गरे।

laxmi

सरकारले भन्सार शुल्क वृद्धि गरेपनि तत्कालै कुनैपनि पेट्रोलिमय पदार्थको मूल्य भने नबढने देखिन्छ । अहिले नेपाल आयल निगम एलपी ग्यासबाहेकको विक्रीमा उच्च नाफामा रहेका कारण सामान्य भन्सार वृद्धिले मूल्य नबढने निमगका अधिकारीहरुले बताएका छन् ।

त्यस्तै, सुन र सुनका गरहनामा पनि भन्सार शुल्क वृद्धि गरेको उनले घोषणा गरे। चुरोट, गुट्खा, पान मसला लगायतमा लाग्दै आएको स्वास्थ्य जोखिम करमा सामान्य वृद्धि गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
MBL