Logo

सडक तथा सवारीबाट ११ अर्व राजस्व संकलन

सडक तथा सवारीबाट ११ अर्व राजस्व संकलन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

५ भदौ,काठमाडौं । आर्थिक बर्ष २०७१\ ७२ मा नेपालमा सडक तथा सवारीबाट ११ अर्व ३ करोड ८ लाख बराबरको राजस्व संकलन भएको छ ।

त्यसमध्ये ४ अर्व ७५ करोड ७ लाख बराबरको करबाहेकको राजस्व हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

राजस्वमध्ये सबैभन्दा बढी सवारी करबाट उठेको छ । सो अवधिमा सवारी करबाट ६ अर्व २७ करोड ३८ लाख बराबरको राजस्व उठेको छ । त्यस्तै ३ अर्व ६३ करोड २४ लाख बराबरको राजस्व शहरी सडक निर्माण तथा सम्भार दस्तुरबाट उठेको तथ्यांकले देखाएको छ ।
त्यसैगरी सवारी इजाजत र सवारी चालक अनुमती दस्तुरबाट ८९ करोड ४५ लाख राजस्व संकलन भएको छ । सो अवधिमा बागमति अञ्चल कार्यलयबाट बाट ३ अर्व ५२ करोड ६२ लाखको राजस्व उठेको देखिन्छ । यो सवैभन्दा बढी हो । त्यस्तै नारायणी बाट १ अर्व ८१ करोड ८५ लाखको राजस्व उठेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL