Logo

चलचित्र उद्योगमा १७ अर्ब डलरको क्षति, लकडाउन अन्त्य हुँदै गर्दा यसरी हुँदैछ पुनः ट्रयाकमा फर्किने तयारी

चलचित्र उद्योगमा १७ अर्ब डलरको क्षति, लकडाउन अन्त्य हुँदै गर्दा यसरी हुँदैछ पुनः ट्रयाकमा फर्किने तयारी



काठमाडौं । विभिन्न देशहरुमा कोरोनाभाईरस (कोभिड–१९)को महामारीका कारण निम्तिएको लकडाउनको अन्त्य हुनै लाग्दा विभिन्न देशका टिभी तथा चलचित्र उद्योग भने पहिलेकै अवस्थामा फर्किन जोडतोडले प्रयास गरिरहेका छन् ।

laxmi

अष्ट्रेलियाको सिड्नीस्थित सोप ओपेरामा ‘नेईवर’ भन्ने ईपिसोडको सुटिङ गर्न पुनः सुरु गरिएको छ । सेटमा विभिन्न क्यारेक्टर तथा सरोकारवालाहरुलाई सामाजिक दुरी कायम गर्दै सुटिङ थालिएको उक्त सेटमा पात्रलाई नजिक तुल्याउन विशेष क्यामराको प्रयोग गरिएको छ ।

फ्रिमेन्टल अष्ट्रेलिया कम्पनीका प्रमुख कार्यकारी क्रिस ओलिभरका अनुसार सेटमा १ सय जनाभन्दा बढी भेला गरिएको छैन । साथै सेटमा कुनैपनि किसिमको घनिष्टता अर्थाता आमुन्ने सामुन्नेवाला सिनको सुटिङ गरिँदैन, पुरुष पात्रलाई मेकअप पनि गरिँदैन । साथै सेटमा एक जना नर्सलाई पनि समावेश गरिएको छ ।

उक्त सेटमा कोही बिरामी पर्यो भने पुरै सेट नै बन्द गर्नुपर्ने अवस्था आउँदैन । किनकि एक जना वबरामी हुँदा उक्त समूहलाई नै विदामा राखेर अर्को सेटको सुटिङ सुरु गरिन्छ ।

अष्ट्रेलियामा सटडाउन लागु भएपछि फिल्म तथा टिभी क्षेत्रमा मात्रै करिव ३ करोड २५ लाख डलर बराबरको नोक्सान भएको बताईएको छ । १ सयभन्दा बढी टिभी सो तथा फिल्महरुको काम ठप्प भएको थियो ।

विश्वभर कोरोना भाईरसको महामारीका कारण विश्रवभका मानिसहरुको जीवीकोपार्जनमा समस्या आएको छ । अमेरिका र अष्ट्रेलियामा संक्रमित र मृतकको संख्या बढिरहेको छ । यस्तै क्यालिफोर्नियामा अझै लकडाउनलाई अति संवेदनशील मानिएको छ । फिल्म तथा सुटिङ सबै बन्द छन् । ‘नो टाईम टु डाई’ नामक सुटिङ हुँदै गरेका थुप्रै विश्वकै ठूलो चलचित्र उद्योग हलिउडका फिल्महरुको सुटिङ बन्द गरिएको छ । कतिपय सिनेमाहरुको रिलिज डेट सारिएको छ ।

यसकै कारण आगामी बर्षको ओस्कर अवार्डमा कुनै रिलिज भएको फिल्म छानिने अवस्था ज्यादै न्यून छ । तर स्ट्रिम गरिएको चलचित्र ओस्कर अवार्डमा पर्ने निश्तचत भएको ओस्कारले जनाईसकेको छ ।

ओस्कारका अनुसार यो वर्ष बेस्ट फिल्मका लागि स्ट्रिम गरिएको फिल्मलार्इ वैधानिक मानिनेछ । साथै साउन्ड मिक्सिङ तथा साउन्ड ईडिटिङ अवार्डमध्ये एउटा विधालाईमा मात्रै अवार्ड दिईनेछ । ओस्कार अवार्डमा बेस्ट फिल्मको रुपमा छानिने फिल्म खासगरी अमेरिकाको लस एन्जल्सको सिनेमामा लगातार ७ दिनसम्म प्रतिदिन ३ पटक फिल्म सो भएको हुनुपर्ने नियम थियो ।

ओस्कार एकेडेमीका अध्यक्ष डेभिड रुबिन तथा प्रमुख कार्यकारी डान हड्सनका अनुसार सिनेमा हलमा चलाएको जस्तो क्रेज स्ट्रिम गरेजस्तो हुँदैन । स्ट्रिम गरिएको फिल्मले भन्दा बढी हलमा रिलिज गरिएको सिनेमाले बढी क्रेज लिने उनको भनाई छ ।

हलिउड रिपोर्टरका अनुसार मार्च महिनाको मध्यसम्ममा विश्व बक्सअफिसमा ७ अर्ब डलर बराबरको नोक्सान भईसकेको छ । चीनमा मात्रै ७० हजार बढी सिनेमा हलहरु बन्द भए । भाईरसको प्रकोप फैलिएसँगै नोक्सानको अनुपात बढ्दै जानेछ र मे महिनाको अन्त्यसम्ममा विश्व बक्स अफिसले १७ अर्ब बढीको नोक्सान बेहोर्नेछ ।

यो प्रक्रिया विश्वको दोश्रो ठूलो चलचित्र उद्योग वलिउड (भारत)मा पनि त्यस्तै छ । भारतमा लकडाउनका कारण कतिपय फिल्महरुको रिलिज डेट सारिएको छ । यसरी रिलिज डेट नै सारिँदा फिल्म क्षेत्रमा ठुलो नोक्सान पुगेको छ ।

यस्तै क्यानडामा आगामी जुनका अन्त्यसम्म १ अर्ब ८० करोड बढीको नोक्सान हुने अनुमान गरिएको छ । साथै मिडिया तथा फिल्म क्षेत्रका १ लाख ७२ हजार जनाको रोजीरोटी गुमेको छ ।

यस्तै बेलायतमा पनि त्यस्तै हालत छ । तर, यहाँ ब्रिटिस फिल्म ईन्स्टिच्युटले प्रत्येक फिल्म निर्माताहरुलाई २० लाख युरो राहतस्वरुप दिने घोषणा गरेको छ । सिनेमाको अन्तरराष्ट्रिय संघका अनुसार केही देशहरुमा लकडाउन खुकुलो भएसँगै सिनेमा हलको सुरुवात गर्न सक्छन । तर अब हुने अनुभव गएका दिनहरुको तुलनामा धेरै फरक हुनेछ । सबै मानिसहरुले सामाजिक दूरी कायम गरिरहेको बेलामा सिनेमा हलमा आउन सक्ने सम्भावना एकदमै न्यून हुने देखिएको छ ।

यस्तोमा नेपाली चलचित्र उद्योग पनि गम्भीर समसयातर्फ धकेलिएको छ । ६ हप्तायता जारी लकडाउनका कारण प्रदर्शनको क्रममा रहेका, प्रदर्शनोन्मुख तथा निर्माणका क्रममा रहेका चलचित्रहरुले ठूलो क्षति व्यहोरोका छन् ।

अहिले नै नेपाली चलचित्र उद्योगमा कति क्षति होला भन्ने अनुमान गर्न नसकिए पनि यस्तो क्षति ठूलो र पहिलेकै अवस्थामा फर्कन ठूलो सघर्ष गर्नुपर्ने निश्चित छ । चलचित्रकर्मीहरुले सरकारले विभिन्न सहुलियत र राहत दिएर हजारौं नेपालीको रोजगारीको आधार रहेको चलचित्र क्षेत्रलाई बचाउनुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL