Logo

दुर्घटनाग्रस्त टर्किस एयरबस कबाडीमा बेच्ने तयारी

दुर्घटनाग्रस्त टर्किस एयरबस कबाडीमा बेच्ने तयारी


रामराजा श्रेष्ठ
27
Shares

रक्षा रेग्मी

laxmi

१ भदौ, काठमाडौं । टर्किस एयरलाइन्सले त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त दुर्घटनाग्रस्त टीके–७२६ एयरबस कबाडीमा दिने तयारी भएको छ । नेपालमा मर्मत सम्भव नभएको भन्दै टर्कीस एयरलाइन्सले कबाडीमा दिन पत्र पठाएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महानिर्देशक वीरेन्द्र श्रेष्ठले बताए ।

‘यहाँ मर्मत गर्न नसकिने तथा मर्मतका लागि बैंकक लैजान सम्भव नभएको भन्दै पत्र पठाएको छ ’ उनले भने । टर्किस एयरले नेपाललाई पठाएको पत्रमा ‘टर्किसले सो दुर्घटनाग्रस्त विमान काटकुट गरेर कबाडीमा बिक्री गर्ने निर्णय भयो’ भन्ने उल्लेख छ ।
साथै पत्रमा उक्त विमान बनाएर उडाउन फाइदा नहुने भन्दै कबाडीमा लैजाने निर्णय भएको कारण देखाइएको छ ।

एउटा पत्रकै आधारमा सो विमान कबाडीमा बिक्री गर्न दिन नमिल्ने उनले जानकारी दिए । ‘कबाडीमा दिनु अगाडी विमानको वास्तविक मालिक, इन्स्योरेन्स कम्पनी र टर्कीको नागरिक उड्डयन प्राधिकरणको आधिकारिक पत्र वा व्यक्ति आउनुपर्छ’ श्रेष्ठले भने ।

त्यस्तै टर्कीको नागरिक उड्डयन प्राधिकरणले विमानको दर्ता खारेज गरेको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएपछि मात्र काट्ने काम शुरु हुने श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सो विमान काट्न समय लाग्ने हुँदा सो अवधिमा विमानको चार्ज कति लिने भन्नेबारे पनि छलफल भइरहेको  छ  ।

दुर्घटनाको छानबिन अवधिभर नेपालको जिम्मामा रहेको विमान छानबिन सकिएपछि टर्किस एयरवेजले नै लिएको छ । छानबिन अवधिभर नेपालको जिम्मामा रहँदा विमानको हाउजिङ चार्ज लाग्दैन । तर, छानबिन सकिएपछि टर्किस एयरकै जिम्मामा गएपछि उसले त्रिभुवन विमानस्थल व्यवस्थापनलाई ‘हाउजिङ्ग चार्ज’ तिर्दैआएको थियो ।

दुर्घटनामा परेको विमानको ‘हाउजिङ्ग चार्ज’ र पार्किङ्ग ‘चार्ज’को रकमको २५ प्रतिशत मात्र तिर्दा हुन्छ । उक्त विमानले प्रतिदिन नेपाललाई तीन सय ७५ अमेरिकी डलरभन्दा बढी रकम तिर्नुपर्ने हुन्छ ।

उक्त विमान दुर्घटनाको छानबिन गर्न गठित आयोगले ३ साताअघि विमान टर्किस एयरलाइन्सलाई नै जिम्मा दिएपछि कबाडीमा लैजाने निर्णय भएको हो ।

गत फागुन २० गते काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । भिजिबिलिटी नहुँदा–नहुँदै पनि जबर्जस्ती ‘ल्याण्ड’ गर्नलाग्दा दुर्घटनामा परेको हो ।
रनवे नदेख्दा–नदेख्दै पनि विमान अवतरण गर्नखोज्दा उक्त दुर्घटना भएको थियो । दुर्घटनापछि विमानको दुईवटै इन्जिनमा केही क्षति भएको थियो । त्यस्तै, इन्जिनको पंखाको कभर बाहिर निस्किनुको साथै ब्लेडहरु भाँचिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL