Logo

कोरोना संक्रमणको जोखिम : एक असल रूममेटले गर्न हुने र नहुने ३० सुझाव !

कोरोना संक्रमणको जोखिम : एक असल रूममेटले गर्न हुने र नहुने ३० सुझाव !



काठमाडौं । भनिन्छ एक खराब साथीले सामान्य अवस्थामा पनि कुनै न कुनै निहुँमा झगडा गर्न थाल्छ । अझ एउटै कोठामा बस्ने साथीले अहिलेको महामारीको अवस्थामा पनि तपाईँको पारो तताउने काम गरिरहेको हुनसक्छ ।

laxmi

हाल विश्वभर फैलिएको महामारीका कारण सुरु गरिएको लकडाउनका कारण सबै मानिसहरु घरमै छन् केहीले घरबाटै काम पनि गरिरहेका छन् । हरेक दिन बेलुका वा दिनमा एकपटक मात्रै आक्कलझुक्कल देखिने रुममेटहरु हाल प्रत्येक दिन प्रत्येक समय र स्थानमा देख्न पाईन्छ ।

एक्कासी तपाईँ आफुलाई कोरोना भाईरसबाट सुरक्षित राख्न आफ्नो साथीको साथीहरुको गिन्ती गर्न थाल्नुहुनेछ । र आफुलाई महामारीसँग बचाउन घरमा भएका फोहोर हुन सक्ने बाथरुमलगायतका बस्तु तथा स्थानहरुमा विशेष ख्याल राख्नुहुन्छ ।

यस्तो बेलामा तपाईँले एक असल रुममेटको हिसावमा आफ्ना साथीसँग गर्ने ब्यवहारको बारेमा यस्ता छन् सुझाव :

सामाजिक शिष्टाचार
गर्न हुने काम

 आफ्ना साथीहरुको स्वच्छताको अपमान हुने गरी विभिन्न फोहार बस्तुहरु ढोकाको छेउमा नछोड्ने
 वाहियात गीत बारम्बार नबजाउने
 साउन्डप्रुफ विनाको कुनै बाजा रुममा नल्याउने
 गंध आउने बस्तुहरु कोठाभित्र नल्याउने जसले साथीलाई रीस उठोस
 नुहाउँदा धेरै समय नलागाउने, ३ जना साथीको एउटै ट्वाईलेट भए ट्वाईलेटमा धेरै समय नलगाउने, कसैको पिसाबथैली स्टिलले बनेको हुँदैन
 खाना पकाउँदा बढी लसुनको प्रयोग नगर्ने, साथीलाई भुत भगाउनु छैन
 साथीलाई बेलाबेलामा टिकटकका लागि जोड नगर्ने

के गर्ने ?

 तपाईँ पीउन लाग्नुभएको छ भने अरुलाई पनि एकपल्ट सोधिदिनुस
 साथीलाई सोध्नुहोस तपाईले गरेको साथीलाई मन पर्छ
 काम र समयको सन्तुलित रुटिन बनाउने
 तपाईँले प्रयोग गर्दागर्दै ट्वाईलेट पेपरको रोल सकियो भने रोल फालिदिनुस

सुरक्षा
के नगर्ने ?

 बेलाबेलामा कोठाबाहिर गएर साथीलाई आफु कोरोना भाईरस भएको भान नगराउने
 नियमित हात धुन नविर्सिने
 आफु धेरै स्वस्थ रहेको देखाउन आफ्ना प्रत्येक साथीलाई कोठामा नबोलाउने
 आफु पढेको नाटक गरेर बेलाबेलामा बुक नपल्टाउने
 लिभिङ रुमलाई आफ्नो व्यक्तिगत जिमखाना नठान्ने

के गर्ने ?

 तपाईँलाई एलर्जी नै भएको भएपनि हाच्छ्यु गर्दा वा खोक्दा मुख छोप्ने
 ढोकाको ह्यान्डील, ल्यापटप, मोबाईल जिवाणुरहित पार्ने
 बाहिर जाँदा मास्क लाउने
 बिरामी भएको खण्डमा आफ्नै छुट्टै आकस्मिक योजना बनाउने
 आफ्ना लुगा नियमित आफै धुने
 घरैमा बस्ने

काम गर्दा
के नगर्ने ?

 साथीले कसैसँग भिडियो कल गरिरहेको बेलामा कोही छैन भनेजसरी पछाडीबाट वाहियात काम वा व्यवहार नदेखाउने
 साथी जुममा कल गरिरहेको बेलामा नयाँ लुगा किन लगाको भनेर नसोध्ने
 भिडियो गेम डाउनलोड गर्ने बेलामा वाईफाई नजिकै गएर दिक्क नपार्ने
 बेलाबेलामा ठुलो आवाज लगाएर अरुलाई डिस्टर्व हुनेगरी कल नगर्ने

के गर्ने ?

 ईयरफोनको प्रयोग गर्ने जसले दैनिक जिवन सहजीकरण गरिदिन्छ
 जुममा कल गरिरहेको बेलामा तपाईँको साथी पछाडी भए कलमा उसको अनुहार पनि देखाईदिने
 साझा स्थानमा तपाईको साथी सरसफाई गरिरहेको अवस्थामा सहयोग गरिदिने
 हप्ताभरी राती ११ बजेदेखि विहान ७ बजेसम्म कुनै पनि आवाज ननिकाल्ने

हामीले केही छुटायौं की, तपाईका केही धारणा भए कमेन्टमा जोड्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
MBL