Logo

कोरोना कहर : विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार नजिक, पाँच लाख बढीले पाए संक्रमणमाथि बिजय (अपडेट)

कोरोना कहर : विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार नजिक, पाँच लाख बढीले पाए संक्रमणमाथि बिजय (अपडेट)


बिजखबर संवाददाता
378
Shares

बिजखबर संवाददाता

laxmi

काठमाडौं । विश्वभर कोरोनाभाइरसबाट एक लाख ३४ हजार ६०३ जनाले ज्यान गुमाएका छन् । यस्तै विश्वभर संक्रमितको संख्या २० लाख ८२ हजारभन्दा बढी पुगेको छ। तीमध्ये संक्रमित भएर निको हुनेको संख्या विश्वमा पाँच लाख नाघेको छ। अहिलेसम्म पाँच लाख १० हजार १२९ जना निको भएका छन्।

निको र मृत्यु हुनेबाहेक अहिले संक्रिय संक्रमितको संख्या १४ लाख ३८ हजार पुगेको छ। तीमध्ये चार प्रतिशत अर्थात् ५१ हजार जना गम्भीर बिरामी छन्।
सबैभन्दा बढी चीनका संक्रमित निको भएका छन्। त्यहाँ अहिलेसम्म ८२ हजार ३४१ संक्रमितमध्ये ७७ हजार ८९२ जना निको भएका छन्। त्यस्तै जर्मनीमा एक लाख ३४ हजार संक्रमितमध्ये ७२ हजार ६०० भन्दा बढी निको भएका छन्।

अमेरिकामा भने ६ लाख ४४ हजार संक्रमितमध्ये ४८ हजार ७०० भन्दा केही बढी मात्र निको भएका छन्। दुई लाखभन्दा बढी संक्रमित भेटिएका अमेरिका एक्लो देश हो। नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण पुष्टि भएकोमा १ जना निको भइसकेका छन् भने १५ जना उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL