Logo

मोवाइल नम्बर पोर्टाबिलीटी लागु गर्न स्वदेशी कम्पनी अयोग्य

मोवाइल नम्बर पोर्टाबिलीटी लागु गर्न स्वदेशी कम्पनी अयोग्य


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२४ साउन,काठमाडौं । मोवाइल नम्बर पोर्टाबिलीटी (एमएनपी) सम्वन्धि कार्यविधी तयार र अध्ययनका लागि आवेदन परेका सवै कम्पनी अयोग्य ठहरिएका छन् । एमएनपी लागु गर्नका लागि १ दर्जन भन्दा बढी स्वदेशी कम्पनीको आवेदन परेकोमा कुनै पनि योग्य नभएको दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द झाले बताए ।

प्राधिकरणको कार्यसम्पादन करार सम्झौता अनुसार गत असारमा गते १५ दिनभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरेको थियो   । आवेदन परेका कुनै पनि राष्ट्रिय कम्पनी योग्य नभएकोले बैकल्पिक उपाय सोच्न बाध्य भएको उनले जानकारी दिए ।
‘देशभित्र योग्य  परामर्शदाता पाइएन अव अन्तरराष्ट्रिय परामर्शदाता छान्ने वा स्केट होल्डरहरुको कमीटी बनाउने बारे छलफल शुरु भएको छ’ उनले भने ।

परामर्शदाता नियुक्त गर्ने, त्यसको ६ महिनाभित्र गाइडलाइन तयार हुने र त्यसपछि मात्र कार्यान्वयनको चरणमा जान छलफल हुने भएकोले अझै केही समय लाग्ने झाले जानकारी दिए । प्राधिकरणले यस अघि पनि परामर्शदाता नियुक्ति गर्न प्रस्ताव आह्वान गरिएपनि दक्ष प्राविधिक नभेटिएको भन्दै पून नियुक्तीको प्रक्रिया अघि बढाएको थियो ।

झाका अनुसार यस बर्षको आर्थिक कार्यक्रममा मोवाइल पोर्टाविलीटीलाई विशेष प्राथमिकताका साथ समेटिएको छ ।

मोबाइल सेवा प्रदायक तथा सेवाग्राहीको संख्या बार्षिक रुपमा बढ्दै  गएकाले विकल्पको लागि नयाँ व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।

प्राधिकरणले हाललाई जिएसएम सेवाका लागि एमएनपी लागू गराउने गृहकार्य थालेको हो । ‘पहिलो चरणमा जिएसएम र त्यसपछि अन्य सेवामा यो लागू गर्ने योजना रहेको छ ’ मिश्रले भने ।
एमएनपी लागु गरेपछी सेवाप्रदायकबीच सुविधा बढाउन प्रतिस्पर्धा हुने भएकोले त्यसको फाइदा उपभोक्ताले पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL