Logo

लगानी आकर्षित गर्न एकल विन्दु सेवा केन्द्र स्थापना गरिँदै

लगानी आकर्षित गर्न एकल विन्दु सेवा केन्द्र स्थापना गरिँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२४ असार, काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा एकल बिन्दु सेवा केन्द्र स्थापना गर्ने भएको छ । स्वदेशी तथा विदेशी लगानकिर्तालाई एकै स्थानबाट सबै सेवा उपलब्ध गराउन सो केन्द्र स्थापना गर्न लागेको हो ।

राष्ट्रपति रामवरण यादवले बुधवार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो । साथै, सरकारले रुग्ण उद्योग पुनः सञ्चालन र पुनः व्यवस्थापनको व्यवस्था मिलाउने भएको छ । त्यस्तै कम्पनी ऐन, गुणस्तर तथा नापतौल र खानी ऐनमा समसामयिक संशोधन गर्ने बताइएको छ ।

यसैगरी, सम्भाव्यताको आधारमा नयाँ औद्योगिक क्षेत्र तथा करिडोरको विकास गरिनेभएको छ । भैरहवा विशेष आर्थिक क्षेत्रलाई सञ्चालनमा ल्याउनुका साथै सिमरा र पाँचखाल विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माण कार्यलाई अडागी बढाइने प्रतिबद्धता नीतिमा व्यक्त गरिएको छ ।

निजी क्षेत्रले आफै जग्गा व्यवस्थापन गरेमा औद्योगिक क्षेत्रका लागि न्यूनतम पूर्वाधार निर्माणमा समेत सरकारले सहयोग गर्ने भएको छ । नेपाली कला र संस्कृति झल्किने वस्तुको उत्पादन बृद्धि गरी निर्यात प्रवद्र्धनलाई प्रोत्साहित गरिने जनाइएको छ ।

सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोगलाई जोड दिन सो कार्यक्रममा उल्लेख छ ।

युवा उद्यमशीलता र औद्योगिक जनशक्ति विकास विशेष कार्यक्रममार्फत युवाहरुलाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन गर्ने भएको छ । त्यसमा साथै लघुउद्यम विकास कार्यक्रमलाई विस्तार गरिने छ ।
भूकम्पमा आएको समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय भुकम्प मापन केन्द्रलाई भौतिक पूर्वाधार तथा आधुनिक उपकरणको व्यवस्था गर्ने बताइएको छ । साथै भूकम्प प्रभावित जिल्लाहरुमा परेको भूकम्पीय प्रभाव अध्ययन अनुसन्धान तथा पूर्नवास क्षेत्रको भूइन्जिनियरिङ अध्ययन अगाडी बढाउने भएको छ ।

नेपालको भौगर्भिक बनोट तथा चट्टानको नमुनासहित भौगर्भिक संग्राहलयको निर्माण कार्य सुरु गरिनेछ । त्यस्तै वस्तु तथा सेवाको उत्पादन बृद्धि गरी निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा कम गरिनेछ । काठमाडौंको चोभरामा कन्टेनर प्रलेट स्टेशन र अन्तरराष्ट्रियस्तरको व्यापार प्रदशर्नीस्थलको निर्माण कार्य शुरु गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL