Logo

निजगढ विमानस्थल जसरी पनि बनाउनुपर्नेमा सरोकारवालको एकमत, रुख कटान अगावै वृक्षारोपणको विकल्प

निजगढ विमानस्थल जसरी पनि बनाउनुपर्नेमा सरोकारवालको एकमत, रुख कटान अगावै वृक्षारोपणको विकल्प



काठमाडौं । निजगढमा बन्न लागेको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल जसरी पनि बनाउनु पर्ने सरोकारवालाहरुले बताएका छन । काठमाडौंको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले अवको केही बर्ष पछि यात्रुको चाप धान्न नसकिने भएकाले निजगढ बिमानस्थलको आवश्यकता भएको सरोकारवालाहरुको भनाई रहेको छ ।

laxmi

त्यस्तै पोखरा तथा गौतमबुद्ध बिमानस्थलमा समेत एक मात्र रनवे हुने भएकाले ठूला जहाज उडान अवतरणको लागि निजगढ विमानस्थलको विकल्प नरहेको उनीहरुको भनाई छ । शनिबार होटल द्धारिकाजमा आयोजित छलफल कार्यक्रममा सरोकारवालाहरुले त्रिभुवन विमानस्थलले ९० लाख यात्रुको मात्रै चाप धान्ने भएकाले निजगढ विमानस्थल सकेसम्म छिटो बनाउन सरकारसँग आग्रह गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने त्रिभुवन विमानस्थलमा ठूला जहाज आउन नसकेको तथा विमानस्थलमा ह्याङगर समेत नभएकाले निजगढ विमानस्थल बनाउनु पने बताए । उनले भने, ‘निजगढ विमानस्थल संचालनमा आईसकेपछि काठमाडौं विमानस्थलको भन्दा ३ गुणा बढी जहाज उडान अवतरण गर्न सकिन्छ ।’

निजगढ क्षेत्र काठमाडौंबाट नजिकको दुरीमा पर्ने, तिब्र शहरी विकास, उद्योग संचालनमा सहयोग, पर्यटक आगमण्नमा वृद्धिलगायतले पनि निजगढ विमानस्थल बनाउनुपर्नेमा उनीहरुको जोड रहेको छ । तर वातरणविदहरुले भने सो क्षेत्रमा विमानस्थल बन्नु अगाबै रुख कटानको विषयमा गम्भीर हुनुपर्ने सुझाव दिएका छन ।

सो क्षेत्रमा जस्ले जति हल्ला गरे पनि जंगल क्षेत्र प्रयोग हुने भनेको १३ सय हेक्टर मात्रै भएको र काटिने रुखको संख्या भने साना ठूला गरेर ६ लाख मात्रै हुने बारा जिल्लाका सांसद एकवाल मियाँले बताए । उनका अनुसार विमानस्थल जसरी पनि बन्नु पर्ने तर रुख कटान गर्नु अघि नै रुख रोप्ने ग्यारेन्टी सरकारले लिनु पर्ने तथा सो क्षेत्रको रुख कटान पछि हुने समस्याको विषयमा सरकार चनाखो हुनुपर्ने समेत उनले आग्रह गरेका छन ।

उनले भने, ‘सो क्षेत्रको रुख कटान पछि सिंचाईमा समस्या आउन सक्छ, त्यसको लागि सरकारले के कस्ता योजना तयार गरेको छ हामीलाई अहिले सम्म थाहा छैन जे होस सिंचाई सुविधाबाट बञ्चित गर्नु भएन विमानस्थल बनाउन कसैले रोक्दैन ।’ त्यस्तै उनले सो क्षेत्रमा रुख रोपेबापत सरकारले के कति दिने वा के छ सरकारको धारण प्रष्ट रुपमा नआएको भन्दै सो विषयमा स्पष्ट पारिदिन समेत आग्रह गरेका छन ।

त्यस्तै क्याप्टेन विजय शाहले भने विमानस्थल बनाउने कुरालाई पछाडि धकेल्नुनै दुर्भाग्य हुने बताए । अहिलेको अवस्थामा त्रिभुवन विमानस्थलले मात्रै यात्रुको चाप धान्ने अवस्था नभएको तथा जहाजले लिनु पर्ने फाईदा समेत लिन नसकिरहेकाले ठूला विमान उडान अवतरणका लागि निजगढ विमानस्थल बन्नु पर्ने बताएका छन ।

विमानस्थल निर्माण गर्दा ब्यापार, संस्कृति, उद्योगलगायत सबै हेरेर बनाउनु पर्ने भएकाले धेरै स्थानको अनुगमन पछि उपयुक्त स्थानको रुपमा निजगढ नै छनौट भएकाले विमानस्थल बनाउन ढिला गर्न नहुने उनको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL