Logo

‘विमानस्थलमा नयाँ हेलिप्याड’

‘विमानस्थलमा नयाँ हेलिप्याड’


रामराजा श्रेष्ठ
54
Shares

रक्षा रेग्मी

laxmi

६ असार,काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ हेलिप्याड बन्ने भएको छ ।  हेलिप्याड बनाउनका लागि  घास काट्ने तथा साइड सफा गर्ने काम भइरहेको विमानस्थलका महानिर्देशक वीरेन्द्र श्रेष्ठले बताए । ‘ सरसफाइको काम सकिए लगतै हेलिप्याड निर्माण कार्य शुरु गर्ने छौं’ उनले भने ।

विमानस्थलको स्तरोन्नती गर्ने क्रममा हेलिप्याड थप्न लागिएको उनले जानकारी दिए ।

अब बन्ने हेलिप्याडको लम्बाइ ८५ मिटर र चौडाइ ५५ मिटरको हुने छ । सो हेलिप्याडमा १३ ओटा हेलिकप्टर अटाउने बताइएको छ । श्रेष्ठका अनुसार हाल त्रिभुवन विमानस्थलको हेलिप्याडमा १२ ओटा हेलिकप्टर अटाउँछ । त्यसमा पनि ८ ओटा हेलिकप्टर अटाउने ठाँउ क्षतिग्रस्त टर्किस एयरबसले ओगटेकोले पार्किङमा समस्या भएको उनले जानकारी दिए ।

गत फागुन २० गते ल्याण्डिङका क्रममा दुर्घटनाग्रस्त सो एयरबस करिव २ महिनादेखि  विमानस्थलको पार्किङमा राखिएको छ । हाल  सो एयरबसको मर्मतसंभार कार्य भइरहेको छ ।

विमानस्थलका अनुसार एयरबसले पार्किङका लागि मूल्य अभिबृद्धि कर बाहेक एउटा एयर बसले दैनिक पार्किङको १५ सय २४ डलर अर्थात १ लाख ५३ हजार ९ सय २४ रुपैयाँ शुल्क लिदै आएको छ । दैनिक ६ \६ घण्टाको ४ ओटा पार्किङ हुन्छ । एक पार्किङको ३ सय ८१ डलर शुल्क तिर्नुपर्छ ।

टर्कीस एयरवेजको सो दुर्घटनाग्रस्त  एयरबस भने ‘इन्भेष्टिगेसन फेज’मा रहेकोले त्यसको शुल्क नलाग्ने श्रेष्ठले जानकारी दिए । अनुसन्धान अवधि सकिएपछी भने सो एयरबस पार्किङको शुल्क तिर्नुपर्ने उनले बताए ।

त्यस्तै विमानस्थलमा रनवे स्तरोन्नतीको कार्य पनि शुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL