Logo

एनबी इन्स्योरेन्सको कारोबार सुरु, पुर्वाधार परियोजना प्राथमिकतामा

एनबी इन्स्योरेन्सको कारोबार सुरु, पुर्वाधार परियोजना प्राथमिकतामा


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

३ असार, काठमाडौं । बीमा समितिले एनबी इन्स्योरेन्सलाई पुन कारोबार सञ्चालन गर्न अनुमति दिएको छ । समितिको सञ्चालक समितिले असार १ मा यस्तो अनुमिति दिएको हो । कम्पनीले विहीबारदेखि नै कारोबार सुचारु गरिसकेको बताएको छ ।
‘हामीले पहिले नै सबै प्रक्रिया पुर्याएका थियौं, समितिको निर्देशन आएपछि आजैबाट कारोबार सुरु गरेका छौं,’ कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बिजखबरसँग भने । कम्पनीले पूर्वाधार परियोजनाको बीमामा प्राथमिकता दिइने बताएको छ । ‘भुकम्पपछि पुर्वाधार क्षेत्रमा बीमाको व्यवसायिक संभावना उच्च रहेको देखिएको छ,’ अध्यक्ष पौडेलले भने, ‘हामी त्यही प्रडक्टलाई प्राथमिकतासाथ बढाउँछौं ।’

बीमा समितिले पनि पुराना गल्ती सच्याएर जाने प्रतिबद्धता आएको र नयाँ व्यवस्थापनले सम्हालेका कारण पुन कारोबार सञ्चालन आनुमति दिइएको बताएको छ । ‘सबै प्रक्रिया पुरा गरेको र समितिलाई विस्वास दिलाएकाले पुनः सञ्चालन गर्ने अनुमति दिइएको छ,’ समितिका निर्देशक श्रीमान कार्कीले भने । उनले निर्जीवनतर्फ सबै खालका बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति दिइएको जानकारी दिए । समितिले हरेक महिना कम्पनीले आफ्नो कारोवारको विवरण समितिमा वुझाउने शर्तसहित कारोवार फुकुवा गरेको हो ।

पहिले एनबी समूहको स्वामित्वमा रहेको यो कम्पनीको ठूलो हिस्सा अहिले ग्लोबल आइएमई समूहले खरीद गरेको छ । एनबीमा अहिले आइएमई समूह बाहेक हाथ्वे इन्भेष्टमेण्टका पार्टनर र केही बैङ्क तथा बीमा कम्पनीका प्रमुख कार्यकारीहरुको समेत लगानी छ ।

इन्स्योरेन्सको हाथवे इन्भेष्टमेन्टले ५ प्रतिशत, नवराज नेपालका नाममा १२ प्रतिशत, गोकर्ण खतिवडाको नाममा १० प्रतिशत र अन्य २० प्रतिशत सेयर सुधा अर्याल, कुमार पौडेललगायतको नाममा आइएमइ समूहले खरिद गरेको थियो ।

त्यतिबेला एनसीसी बैंकमा रहेको एनबी इन्स्योरेन्सको १० प्रतिशत अर्थात १ लाख ४६ हजार कित्ता सेयर बोलकबोलमार्फत हाथवे इन्भेष्टमेन्टले किनेको थियो । १० प्रतिशत सेयर भने एनबी समूहका लक्ष्मीबहादुर र जीतबहादुर श्रेष्ठसँगै छ । कम्पनीमा २० प्रतिशत सर्वसाधारण सेयरधनीको लगानी छ ।

कम्पनीले अनुमति पत्र समयमै नविकरण नगराएको, समितिले तोके अनुसारको चुक्तापूजी नपुगेको, दाबी भुक्तानी सहज रुपमा नगरेको जस्ता कैफियत देखाउनदै समितिले १४ पुस २०७० मा एनबीको सबै कारोवारमा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL